काठमाडौँ । नेकपा (मसाल) ले डोटी जिल्ला केआईसिंह गाउँपालिका–४ निवासी पार्टी सदस्य तपबहादुर कार्कीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज २९ गते मङ्गलबार शोकवक्तव्य सार्वजनिक गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
पार्टीको इमानदार, प्रतिबद्ध र अनुशासित सदस्य रहेको उल्लेख गरिएको सो वक्तव्यमा स्मृतिशेष कार्कीको निधनबाट पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको उल्लेख छ ।
यस्तो छ, शोकवक्तव्य
“डोटी जिल्ला केआइसिंह गाउँपालिका–४ निवासी तपबहादुर कार्की (का. तारा) को २०८१ असोज २८ गते ७५ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदन प्रकट गर्दछौँ ।
का. कार्की हाम्रो पार्टीको इमानदार, प्रतिबद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय मोर्चा र पार्टीका विभिन्न तहमा रहेर आफ्नो जिम्मवारी पूरा गर्नुभएको थियो । उहाँको मृत्यबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”