मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ७ नोवेम्बर देखि ४५औं वर्षको गौरवमय ईतिहास पार गर्दै ४६औं वर्षमा प्रवेश गरेको छ । ४५ वर्षको अवधीमा यसले अनेकौं आरोह अवरोहको यात्रामा धेरै नेता कार्यकर्ताहरुको परिश्रमले संगठनको क्रान्तिकारी चरित्र र स्प्रीटलाई बरकरार राख्न सफल भएको हो ।
एकता समाजको स्थापना एउटा महान उद्धेश्यद्वारा स्थापित भएको थियो, एकता समाजको गठन नेपाली क्रान्तिकारी आन्दोलनमा प्रवासी नेपालीलाई सहभागी गराउने एवं भारतमा नेपाली क्रान्तिको लागि समर्थन जुटाउनु नै हो । नेपाली जनतालाई अधिकार सम्मन गराउनुका साथै जनताको मुक्तीको लागि नेपालमा कम्युनिष्ट पार्टीको गठन भएको ३० वर्षमा नेपाली जनतालाई संगठित गर्ने कार्ययोजना अनुसार नै सम्भव भएको हो । कम्युनिष्ट सिद्धान्त अनुसार क्रान्तिकोको जनतानै निर्णयक शक्ती भएको हुन भन्ने मान्यतालाई आत्मसाथ गर्दै जनतालाईलाई संगठित गरि मुक्तीको आत्मनिभर बनाउने उद्वेश्यका गठित एकता समाजको गठनको लागि मोहन विक्रम सिंह, चित्र बहादुर केसी, निर्मल लामा, गंगाधर घिमिरे लगायत धेरै वामपंथी व्यक्तीत्वहरूको परिश्रम छ । एकता समाजको स्थापना भन्दा पूर्व नै पार्टीको केन्द्रीय सदस्य समेत रहनु भएका गंगाधर घिमिरे नेपालीहरूलाई संगठित गर्ने कार्यको दौरानमा पूर्वोत्तरको यात्राको क्रममा निधन भएको दुःखद स्मरण छ ।
भारतमा त्यस बेला पनि सेना, सरकारी, अर्धसरकारी प्राईभेट सेक्टर गरि लाखौं नेपालीहरू राजगारको लागि कार्यरत थिए । नेपालीहरूलाई नेपाली भएकै कारण भेदभावको सिकार बन्न परेको थियो भने नेपाली समाजमा विद्यमान सामन्ती चिन्तन, संस्कार र कुरिती पनि नेपालीहरूको उन्नती प्रगतिको बाधक बनेको थियो । त्यसमाथी झन साहु महाजन र सामान्तका प्रतिनिधी पञ्चेहरू अनेकन प्रपञ्च गरेर नेपालीहरूलाई शोषण गरेका थिए । चर्को व्याजमा पैसा दिने मासिक चक्रवृत्ती व्याजको मार मात्रै हैन किर्ते तमसुक आदि सहनु पर्ने अवस्था थियो । अझ लगानी उठाउने नाममा उनीहरू भारतमा समेत आएर सोझा निमुखा नेपालीहरूलाई धम्काउने भयभित बनाउने काम समेत गर्दथे । उनीहरूको प्रतिवाद गर्नेलाई नेपालमा राजनैतिक मुद्दा लगाई दिने काम समेत गर्थे । त्यती मात्र हैन कमजोर चेतनाको फाईदा उठाएर मन्दिर पार्टी पौवा बनाउने भनी पैसा उठाउने ठगी धन्दा समेत गर्दथे । त्यसप्रकारको कमजोर चेतना भएको समयमा नेपालीहरूको हकहितको कुरा गर्ने कोहि थिएन ।
भारतमा संगठन बिस्तार गर्ने सवालमा कम्युनिष्ट आन्दोलनमै मतभेद थियो । कम्युनिष्ट पार्टीले जनताको बिचमा गएर उनीहरूको समस्यालाई उठान गर्दै संगठित गर्ने आम नीति भएता पनि एउटा पक्ष त्यसको विरोधमा थियो । नेकपा चौथो महाधिवेशन पछि भारतमा संगठन गर्ने नीतिगत लडाईमा जीत हासिल भयो । उनीहरूलाई सामेल गरि भारतमा नेपालीहरूलाई संगठन बनाउने र राजनैतिक रूपमा सचेत गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई भारतस्थित नेपालीहरूका बिचमा स्थापित गराउने प्रयास त्यति सजिलो थिएन । कम्युनिट पार्टीको बिचारबाट प्रभावित केही साथीहरूबाट स्थानीय रूपमा केहि सामाजिक कार्यको सुरूवात भयो, सबैलाई सैद्वान्तिक रूपमा सचेत गर्ने अनुशासन एवं पद्धति अनुरूप कार्यप्रणालीको सञ्चालन गर्ने र बिशाल संगठन निर्माण गर्ने महान उद्वेश्य लिएर महान रूषी अक्टोवर क्रान्ति दिवश ७ नोवेम्बर १९७९ का दिन भारतका विभिन्न शहरमा कार्यरत विभिन्न संगठनका प्रतिनिधीहरूलाई सहभागी गराई अखिल भारत नेपाली एकता समाज संक्षिप्तमा नेपाली एकता समाज गठन भयो । एकता समाजको गठन नेपालको क्रान्तिकारी आन्दोलनलाई प्रवासमा बिस्तार गर्ने कामलाई मिलको पत्थरको काम ग¥यो भन्दा अतिश्योक्ती नहोला ।
विभिन्न भारतमा नेपालीहरूलाई संगठित गरि नेपालको राजनैतिक कार्यमा सहभागी गराउने कार्य सामान्य थिएन । त्यसबेला नेपालको तात्कालिन राजनैतिक अत्यन्त प्रतिकुल थियो । त्यसका साथै नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनले उथल पुथलको सामना गरिरहेको थियो । एकता तिर कम्युनिष्ट पार्टी भित्र संसोधनबादका बिरूद्ध तिब्र संघर्ष चलेको थियो त्यसको नेपाली कम्युनिष्ट आन्दोलनमा पनि त्यसको असर पारेको थियो, नेपाली कम्युनिष्ट आन्दोलनमा संसोधनवादी एवं उग्रवामपंथी चिन्तनको अवतरण भै संशोधनबादमा अग्रसर रहेको अवस्था थियो भने अर्को तिर पञ्चायती तानाशाही नेपालमा राजनैतिक दलहरू माथीको प्रतिबन्ध र दमनको निरंतरता थियो । तै पनि एकता समाजको गठनले भारतमा नेपालीहरू आफ्नो हकहित रक्षा एवं राजनैतिक परिवर्तनको चाहनाले गर्दा संगठनको बिस्तार तिब्र गतिमा हुँदै थियो । नेपालको राजनैतिक कम्युनिष्ट आन्दोलनको अंगको रूपमा स्थापित संगठन कम्युनिष्ट आन्दोलनमा आएको बिचलन र विसंगतिबाट प्रभावित हुनु स्वाभाविक नै थियो ।
जुन शक्तीले भारतमा संगठनको आवश्यकतालाई अस्वीकार गर्दथ्यो । त्यसैले १९७९ मा एकता समाजको गठन भएको र जनताको आकषर्ण देखेपछि १९८१ मा आएर संगठन निर्माण ग¥यो । संसारका मजुदर एक हौं भनी नारा लगाउनुका वावजुद उसले भारतमा समान कार्यको लागि दुई संगठन किन भन्ने प्रश्न उठ्छ भनी भारतमा स्थायी नेपाली र अस्थायी नेपाली भनी नेपालीहरूको विचमा विभेद ल्याउने काम गरे । भारतमा नेपालीहरूका दुई संगठन अस्तित्वमा आए । १९८५ मा दोस्रो अखिल भारत सम्मेलनको तैयारी भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (मशाल) भित्रको मतभेद संगठन भित्र पनि देखा प¥यो तात्कालिन महासचिव विजय शर्मा (सि.पी.गजुरेल)ले संगठन भित्र गुटबन्दी गरे र समान्तर समिति गठन गरे । १९८५ देखी २००२ सम्म एक नाम दुई संगठनको अवस्था रह्यो । छुट्टाउन एक दोस्रोलाई दिल्ली पक्ष र कलकत्ता पक्ष भनेर चिनाउन थाले । कानुनी रूपमा भने संस्थापन (दिल्ली पक्ष) मात्र नै रजिस्ट्रेर थियो, मध्यपंथी (कलकत्ता पक्ष)हरूले नामको प्रयोग गरेता पनि रजिस्टे«सन नम्बर भने दावा गरेनन् ।
२०४६ साल पछि नेपालमा बदलिएको परिस्थती चुनावी चहल पहलमा नेपालका विभिन्न राजनैतिक दलहरूमा ध्रुवीकरणको लहर आयो । काँग्रेसका अलग घटक एक भए, संशोधनवादीहरू एक भए, त्यसै क्रममा ढुलमुल अवसरवादी एवं अस्तित्वको संकटमा परेकाहरू एक भए, जसको पहल बाबुराम भट्टराईले गरेका थिए । बाबुराम भट्टराईबाट प्रभावित केहि साथीहरूले समान्तर समिति गठन गरे केहि समय पछि कलकत्ता पक्षमा सामेल भए ।
२००२ मा संगठनको पाँचौं अखिल भारत नेपाली एकता सम्मेलन हैदराबादमा सम्पन्न भयो । नेपालमा नेकपा (माओवादी) ले सञ्चालन गरेको कथित जनयुद्धलाई भारतले समेत आतंककारी गतिवधी भनी रहेको अवस्थामा माओवादीलाई समर्थन गर्ने कलकत्ता पक्षको नाम पनि अखिल भारत नेपाली एकता समाज भएको हुदा भ्रमको स्थिती श्रृजना हुने र त्यसको हाम्रो संगठनलाई समेत पर्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै सम्मेलनमा संगठनको नाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निर्णय पारित गरि सञ्चालन हुँदै आईरहेको छ । भारत सरकारले २००२ मै कलकत्ता पक्ष माथी प्रिवेन्शन अफ टेरोरिज्म एक्ट २००२ (पोटा २००२) अन्तर्गत प्रतिबन्ध ग¥यो । १९८१ मा दर्ता भएको रजिस्टे«सन नम्बरको उपयोग छोडेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नयाँ रजिस्टे«सन ४३१३३÷०२ नम्बर लिनु प¥यो र पुरानो नाम र रजिस्टे«सन नम्बर नविनीकरण गर्ने प्रश्न आएन ।
२००६ मा संगठन भित्र मतभेद देखियो । त्यो मतभेद पनि नेपालको कम्युनिष्ट आन्दोलन भित्रको मतभेदबाट नै प्रभावित थियो । पार्टीमा माओवादीप्रस्त विचारका विरूद्ध संघर्ष गर्दै सैद्धान्तिक संघर्षको पुरानै स्प्रीट कायम गर्नु पर्छ भन्ने सवालमा पार्टीका साथीहरूले निर्णायक संघर्ष गर्नु हुँदैन, अलग कार्यक्रम बनाउँनै हुँदैन त्यसो गर्दा पार्टी फुट्छ पार्टी फुट्न दिनु हुँदैन भन्दै एकताको हल्ला गरे तर आफै बग्लै संगठन पार्टी संरचना बनाए । भारतमा पनि समानान्तर समिति बनाए । केहि समय उनीहरूले पनि संगठनको नाम मिल्दो जुल्दो नै राखेए पछि उनीहरू माओवादीको वैद्य समुहको संगठनमा सामेल भए ।
२०१० मा पूर्व अध्यक्ष डिलाराम आर्चाय र गिरधारीलाल न्यौंपानेले पनि संगठनमा विभाजन ल्याउने प्रयास गरेर समानान्तर समिति बनाएए उनीहरूको माओवादीमा जाने योजनाको चाल पाए पछि सचेत साथीहरू पुनः मूल समितिमा फर्किए ।
२०१९ तिर संगठन भित्र पुनः मतभेद देखाप¥यो यो मतभेद पनि मूल रूपमा पार्टी भित्रको सैद्धातिक मतभेदको हिस्सा थियो । पार्टीको आठौं महाधिवेसनमा पार्टी कब्जा गर्न योजनाबद्ध प्रकारले काम गरेका थिए । राजनैतिक रूपमा असफल भएका पार्टीको अनुसाशन उल्लंघन गराउने र कार्यवाही गर्न बाध्य पार्ने अनि आम कार्यकर्ताहरूमा पिडीत कार्ड खेल्ने योजना भारतबाट सुरू भयो । निर्णय पद्धतीलाई चुनौती दिदै सार्वजनिक अनुशासन उल्लंघन गर्ने कामहरू भए कतिपय व्यक्तीहरूले समितिको सम्पत्तीलाई हस्तान्तरण नगर्ने आदि कार्यमा संलग्न भएपछि संगठनको पद्धती अनुशासन बनाई राख्न जिम्मेवार नेतृत्वको दायीत्व निर्वाहन गरि अनेकन प्रटक सुझाव दिंदा पनि सुधार नभए पछि । समितिको निर्णय अनुसार संगठनले कार्यवाही गरेको थियो । संगठनको कार्यवाही औपचारीकता मात्र थियो, वास्तवमा उनीहरूले एक डेढ वर्षदेखि नै समान्तर समिति गठन गरि कार्य गरेका थियो । संगठनमा अनेकन पटक टुटफुट हुने गरेको छ । फुट र संघर्षका प्रकृती भने विगका घटना २०१० र २०१९ मा इमानदारीताको अभाव नै देखियो । पहिलेका फुटमा राजनैतिक सैद्धान्तिक विषय केन्द्रित भए भने उक्त घटनामा षडयन्त्र र राजनैतिक बेइमानी देखियो ।
मूल प्रवाह एकता समाजले राजनैतिक सैद्धातिक र सांगठानिक क्षेत्रमा संघर्ष गर्दै भारतस्थित नेपालीहरूलाई सचेत र संगठनलाई मजबुत बनाउँदै आएको छ । त्यसका साथै नेपालीहरूको हकहित र सुरक्षाको सवालमा काम गर्दै आएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गठनको समयमा एक खाले चुनौतिहरू थिए भने अहिले पनि समाजमा अनेकन चुनौतिहरू विद्यमान छन् । संगठनको प्रारंभिक कालमा नेपाली समाजमा जुन थिए त्यो अवस्था नभए पनि अहिले बेग्लै प्रकारका समस्याहरू छन् । स्थापना कालमा नेपालको निरंकुश तानाशाही पञ्चायती व्यस्वथाको भय, साहु महाजनहरूको चर्को शोषण, जालझेल, अहिले छैन । आर्थिक कारोबारमा नेपालमा सहकारी एवं वित्तीय संस्था र भारतमा ढुकुटी, कमेटी, सोसाईटीका नाममा गरिने गतिविधी, नेटवर्किग व्यापार आदिले लिएको छ । त्यसमा समाजमा प्रभुत्व वर्गले फाईदा उठाएको छ भने बहुसंख्यक सोझा सिधा नेपाली चपेटामा परेकाछन् । त्यसको स्थानमा समाजमा फैलिएको अराजकता, भ्रष्ट र पतनशिल नैतिकता, व्यक्तीगत महत्वकाक्षा, पद प्रतिस्ठा, मान–सम्मानको चाहना, अहमता, सामाजिक विकृती जुवा, तास, सट्टा, समाजमा विद्यमान सामान्ती एवं पश्चिमा छाडा साँस्कृती आदि पनि क्रान्तिकारी आन्दोलनको लागि बाधक बनेका छन् । नेपालीहरूको जीवन पद्धतीमा धेरै सुधार भएको छ । जीवनोस्तरमा भएको बदलावसँगै मानिस सामाजिक दायीत्वबाट पन्छि रहेको छ । केवल आफ्नो निजी स्वार्थमा केन्द्रित भइरहेको छ । त्यसमा सामान्य मानिसका साथै उच्च शिक्षा हासिल गरेको शिक्षित समुदायको पनि त्यही हाल छ । उसलाई केवल आफ्नो क्यारियरलाई सुरक्षित गर्ने चिन्तनमा छ ।
अहिले भारतमा सयकडौं संख्यामा संगठनहरू छन् । ति संगठनको प्रकृती र गतिविधीहरू हेर्दा सामाजिक परिवर्तनको कसैलाई चिन्ता छैन । घोषित रूपमा राजनैतिक विचार बोकेका संगठनहरूलाई समेत विकृतीले जकडिएको छ । कसरी आफुलाई तात्कालिन लाभ हुन्छ त्यही गर्ने, जनताको निम्न स्तरको चेतना अनुसार जे गतिविधीहरू गर्छन् त्यसैलाई बढावा दिने, खासमा भन्दा जनतालाई सचेत गर्ने भन्दा पनि लोक लुभावन कुरा गर्ने उनीहरूमा रहेका विकृती विगंतीमा सामेल भई प्रोत्साहन गर्ने कुनै पनि परिवर्तनको कोषिश नगर्ने ताकी भोट बैंक खराब नहोस्, अन्य संगठनहरू व्यापारिक आय आर्जन गर्ने र मनोरंजन गर्ने उद्वेश्यबाट नै निर्देशित छन् । यस प्रकारका संगठनहरू समाजको लागि चुनौति नै हुन । किन की यिनीहरूले राजनैतिक सामाजिक परिवर्तनको आवश्यकतालाई अस्वीकार मात्र हैन जनतालाई विमुख बनाई रहेकाछन् । अहिले नेपालमा देखापरेको महगाई भ्रष्टाचारए बेरोजगारी, बैदेशिक पलायनका साथै राष्ट्रघाती सन्धी सम्झौताए संघीयता, सरकारका जनबिरोधी नीति, बैदेशिक हस्तक्षेप नेपाली समाजका समस्या हुन । त्यसको विरूद्ध हमेशा सचेत र सकृय आन्दोलन आवश्यक हुन्छ । राजनीतिबाट आफुलाई अलग देखाउनेहरूले माथीका सबै समस्याहरूप्रति आँखा चिम्लने नीति कायम गरेका छन् । त्यसले बैदेशिक हस्तक्षेप सरकारको जनविरोधी गतिबधीलाई संरक्षण गर्न मात्र हैन । भारतमा नेपालीहरूमाथी हुने भेदभाव दमनको विरूद्ध संघर्षको स्प्रीटमा समेत कमिल्याउने छ । त्यसैले हाम्रो अहिलेको जिम्मेवारी भनेको प्रतिकुल परिस्थिती विरूद्ध जुद्दै संगठनलाई मजबुत बनाउने नेपालको राष्ट्रियता जनतन्त्र जनजिवीकाको रक्षाका साथै क्रान्तिकारी परिवर्तनको लागि आधार तैयार गर्ने हुनेछ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवपूर्ण ४५ वर्षमा योगदान पु¥याउनु हुने तमाम कार्यकर्ता साथीहरूलाई अभिनन्दन गर्दै ४६औं स्थापना दिवशको अवसरमा यस संगठनको स्थापना एवं विस्तारमा योगदान पुराउनु हुने गंगाधर घिमिरे, सहिद सोभाखर धनन्जय (सरोज शर्मा) सहिद का. जलजला, हरिलाल शर्मा, लिनानाथ कुसुम, मित्रलाल शर्मा, खडक बहादुर जि.सी., बासुदेव भुसाल, रूक बहादुर के.सी.लाई स्मरण सहित श्रद्वान्जलीका साथ स्थापनाकालदेखि अहिलेसम्म संगठनमा योगदान पु¥याएका नेता कार्यकर्ताहरूलाई अभिनन्दन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गठन रूषी अक्टोवर क्रान्ति दिवशको दिन भएको हुँदा त्यो दिनलाई स्मरण क्रान्तिप्रति समर्पित विश्व भरिका सबै क्रान्तिकारीहरूलाई अभिनन्दन ।