खिमराज चालिसे,
जालन्धर । जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा २०८१ सालको प्रगतिशील देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगालेको प्रमुख आतिथ्यमा डिसेम्बर ८, २०२४ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा उहाँले प्रमुख अतिथि बगालेले प्रगतिशील देउसीभैलोको महत्त्वबारे गहकिला विचार राख्नुभएको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली र महिला केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य शुष्मा खड्काको आतिथ्य रहेको सो कार्यक्रममा दुबै टिमले खेलेको प्रगतिशील देउसीभैलोको समीक्षा गरिएको थियो ।
समीक्षामा टिम ए र बी दुबैबाट जमुना गाहा, रामु विक, सन्जित बस्याल, लक्ष्मी थापा, इन्दिरा कुँवर, रमा विष्ट, रोशनी बस्याल, यज्ञप्रसाद भुसाल, विवेक सारू, नेती थापा, अमृता विष्ट, प्रकाश गाहा, सुशीला थापा, देवसिंह गुरुङ, चन्द्र बस्याल, सरिता सुनाम, सुस्मिता थापा, गोमा विक लक्ष्मी थापा बी, माधव खनाल र सन्जु विकले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम हिमप्रसाद सुनामको अध्यक्षतामा तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत लक्ष्मण केसीले गर्नुभएको थियो ।