मूल प्रवाहले अलपत्र युवाको उद्धार गरी नेपाल पठायो

चन्डिगढ । भारतको हिमाचलबाट नेपाल फर्कने क्रममा चन्डिगढमा असामाजिक तत्त्वद्वारा लुटपाट गरेपछि अलपत्र परेका सौरव दर्लामीलाई नेपाल पठाइएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले डिसेम्बर ४, २०२४ का दिन उद्धार गरी नेपाल पठाएको हो ।

चन्डिगढ सेक्टर–१९ पुलिस थानाका सबइन्सपेक्टर गुलाब सिंहले सेक्टर २१ चन्डिगढमा अलपत्र अवस्थामा फेला परेका सौरवलाई सोधपुछ गर्दा उनले आफू लुटिएको वृतान्त बताएका थिए ।

चन्डिगढ पुलिसले मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सञ्चारकर्मी खिमराज चालिसेसँग सम्पर्क गरी युवकको उद्धार गरी स्वदेश पठाउन आग्रह गर्दै सौरवलाई मूल प्रवाहसमक्ष हस्तान्तरण गरेका थिए ।

सौरवलाई मूल प्रवाहको आग्रहमा सुपादेउराली टुर एन्ड ट्राभल्स जिरकपुरको सहयोगमा नेपाल पठाएको हो ।

उद्धार गरिएका १८ वर्षीय सौरब मगर दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर ६ कुमाराकोट निवासी दीपक दर्लामीमगरका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार