चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको आयोजनामा साँस्कृतिक प्रतियोगिता सम्पन्न हुने भएको छ । समाजका क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिनुभएको जानकारी अनुसार उक्त प्रतियोगिता यहि २२ डिसेम्बर २०२४ का दिन चण्डीगढमा सम्पन्न हुनेछ ।
अन्तर संगठन, प्रगतिशिल एवं जनवादी आन्दोलनलाई टेवा पुराउँदै आउनु भएका कलाकारहरू बीच उक्त प्रतियोगिता सम्पन्न हुन लागेको सापकोटाले बताउनु भयो । सापकोटाले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा करिब १२ टीमहरूको सहभागिता हुने संभावना रहेको छ । साथै सापकोटाले यसै समाचारबाट सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका नगरहरूले टिम सहभागि गराउन अपिल गर्नुभएको छ ।
प्रतियोगिता केवल अन्तरसंगठन किन राख्नु भयो ? भन्ने जिज्ञासाको जवाफ दिंदै सापकोटाले भन्नु भयो– ‘प्रगतिशिल एवं जनवादी आन्दोलनलाई टेवा पुराउँदै आएका नयाँ पिढीका कलाकारहरू पनि प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्नु पर्ने आवश्यकतालाई हामीले महशुस ग¥यौं, त्यसकारण यो कार्यक्रम आयोजना गरेका हौं ।’
कार्यक्रमको लागि कुनै खास नीति बनाउनु भएको छ ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष सापकोटाले भन्नु भयो– ‘टिमका सम्पूूर्ण मूल प्रवाह, विद्यार्थी वा बाल संगठन मध्य एकको सदस्य अनिवार्य हुनुपर्ने, अनुशासन, कलाकारहरूमा रचनात्मक पक्ष, लगायत विभिन्न नीतिहरू निश्चित गरिएको छ ।’
अक्टुबर ६, २०२४ मा बसेको क्षेत्रीय समितिको बैठकले क्षेत्र अन्तर्गत नगरहरूमा विभिन्न कार्यक्रमको योजना बनाएको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा हामीले आगामी ८ मार्चसम्म विभिन्न कार्यक्रमहरू गर्नेछौं । त्यस्तै खेलकुद कार्यक्रमको पनि आयोजना गरिएको थियो, तर दशैं, तिहार, देउसी भैलो, विद्यार्थीहरुको पेपरको समय परेको हुँदा खेलकुद कार्यक्रम पोष्टपोंड गरिएको छ ।