चेन्नई, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिका सदस्य फनाराम कालाथोकीको दुःखद निधन भएको छ । सामान्य जोरो आएको र उपचारको क्रममा चेन्नईको गभरमेन्ट हस्पिटल राईपेटमा ६५ वर्षको उमेरमा १६ र १२ र २०२४ का दिन करिब साँझ ५ बजेको समयमा निधन भएको छ । उहाँ स्वर्गद्वारी नगरपालिका ६, बेलबास निवासी हुनुहुन्थ्यो ।
उहाँको निधन पश्चात सोही दिन चेन्नईको नुगमबाकम शमशानघाटमा शोकसभा सहित दाहसंस्कार गरिएको छ । मृतक फनराम कालाथोकीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । मूल प्रवाह आखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य बुद्धिराम पौडेल, समाज सेवी उमानन्द आचार्यले, शोक मन्तव्य राख्नुभएको थियो ।
शोकसभा कार्यक्रमको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता दक्षिण भारत क्षेत्रीय समितिकाका सदस्य चेन्नई उत्तर नगर समितिका सचिव कोटी प्रसाद पोख्रेलले गर्नुभएको थियो ।
उहाँको दाहसंस्कारमा उपस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य काशीराम शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सदस्य कोटीप्रसाद पोख्रेल, बुद्धिराम पौडेल सावित्रा पोखरेल, सुवास पोख्रेल, टिकाराम बस्याल, पुनराम पौडेल, दीपक बिक, चन्द्रबहादुर राणा, रुद्र प्रसाद पोखरेल बिसी, विष्णु बहादुर थापा, जनक रोका, गोविन्द भण्डारी, कुमार बिक, सन्तराज सुनार, खुमबहादुर थापा, कुलप्रसाद कालाथोकी, दुर्गाप्रसाद कालाथोकी, छत्रराज कालाथोकी, मधुसुजन पोखरेल, नारायण पौडेल, डिलाराम भण्डारी, मोहनलाल भण्डारी, तिलकराल भण्डारी, थम्मुराज बराल, अर्जुन कालाथोकी, तुलसीराम कालाथोकी, रेवती प्रसाद भण्डारी, झविन्द्र प्रसाद कालाथोकी, खुमन प्रसाद भण्डारी, डिलाराम कालाथोकी, हरिबहादुर क्षेत्री, मेनराज कालाथोकी, रेशम पोखरेल, धनिराम गोराथोकी, यमप्रसाद कालाथोकी लगायतको उपस्थित रहेको थियो।