चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको साँस्कृतिक विभागले सांस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै खनालले प्रगतिशील संस्कृतिले समाजलाई अगाडि लैजान प्रेरित गरिरहेको तर बुर्जुवा संस्कृतिले भने समाजलाई सधैँ पछाडि धकेल्ने काम गरिरहेको धारणा व्यक्त गर्नुभयो ।
फरक प्रसंगमा उहाँले संघीयता देशमा आवश्यक नभएको तर्क राख्दै संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगर, केन्द्रीय सदस्यहरू दिनेश खड्का, तिलक पौडेल, नरबहादुर ओली, धनराज गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिबाट मिना बुढाथोकी, महिला केन्द्रीय विभागकी शुष्मा खड्का, जनजाति केन्द्रीय विभागका बिलबहादुर गुरुङ, सांस्कृतिक विभागकी केन्द्रीय सदस्य बिनु नेपाली, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोखरेल लगायतको आतित्थ्यता रहेको थियो ।
नौ टिमले भाग लिएको सो प्रतियोगितामा निरीक्षक रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार मीना बुढाथोकी र मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगर हुनुहुन्थ्यो ।
प्रतियोगितामा प्रथम जालन्धर, द्वितीय लुधियाना र तृतीय हिसार नगर समिति भएका थिए । त्यसैगरी सान्त्वना पुरस्कार चन्डिगढलाई दिइएको थियो ।
प्रतियोगिताका निरिक्षक धनवीर पुनमगरले विजेता टिमको घोषणा गर्नुभएको थियो भने, विजयी टिमहरूलाई प्रमुख अतिथि ठाकुर खनालद्धारा पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम क्षेत्रीय समितिका सचिव कुलबहादुर बगालेको अध्यक्षतामा तथा सदस्य खिमराज चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत क्षेत्रीय समितिका सहसचिव तारा सोमरे र क्षेत्रीय सांस्कृतिक टिमले गर्नुभएको थियो ।
सहभागि टिमहरु :