चन्डिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चन्डिगढको आयोजनामा विश्व सर्वहारा वर्गका नेता माओको एक सय बत्तिसौँ जन्मदिवस मनाइको छ ।
डिसेम्बर २६, २०२४ का दिन एक औपचारिक समारोहसँगै सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले अन्तर्राष्ट्रिय रूपमा नै मार्क्सवाद–लेनिनवाद तथा माओ विचारधारा रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले वामपन्थी आवरणभित्रका अवसरवादीसमेत बाट कम्युनिस्ट आन्दोलनमाथि आक्रमण भइरहेको सन्दर्भमा माओ विचारधाराको रक्षार्थ रक्षाकवचको रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरूमा केन्द्रीय सदस्य तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे, परिषद् सदस्य मानबहादुर केसी, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य जुना चालिसे र तेज बहादुर रोका, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय सदस्य नारायण आचार्य, सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिका सदस्यहरू जमुना खनाल र विष्णु अर्याललगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रम थानेश्वर पाण्डेको सञ्चालन तथा थमन थापाको अध्यक्षतामा अघि बढेको थियो । ज्ञातअज्ञात सहिदप्रति एक मिनट मौनधारणपश्चात् लक्ष्मी अधिकारीले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।