नागपुर, २९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने नागपुर नगर समितिको सातौं नगर सम्मेलन घोषणा सभा कार्यक्रम नागपुर शहरको हिस्लाप कलेजमा सम्पन्न भएको छ ।
उक्त घोषणा सभामा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहले भारत प्रवासमा रहेका नेपालीहरूलाई सचेत गराउँदै, उनीहरू माथी आइपर्ने हरेक प्रकारका समस्याहरू समाधान गर्दै आइरहेको सन्दर्भमा प्रवासी नेपालीहरूले असल अबिभाक मान्दै आइरहेको बताउनुभयो ।
संगठन नै एकमात्र ताकत र माध्ययम भएकोले हरेक ब्यक्ति संगठित हुनुपर्ने आबस्यकतामा जोड दिदै सबैलाई संगठनमा आवद्ध हुन आह्वान गर्नुभयो । मूल प्रवाह सामाजिक संगठन हुँदाहुँदै पनि जनतन्त्र र जनजिबिकाशीत जोडिएका देशभित्र चल्ने आन्दोलनलाई आर्थिक नैतिक र भौतिक सहयोग र समर्थन गर्दै आइरहेको बताउनुभयो । त्यस्तै संघीयता, भ्रस्टाचार लगायतका कारणले नेपाली जनतास्थित झन खस्कदै गइरहेको चर्चा गर्नुभयो । साथै नेपाल जस्तो आर्थिक रुपमा पिछडिएको मुलुकमा संघीयता बोझ हुने र थेग्न नसक्ने हुँदा खारेज गर्नुपर्ने बताउनुभयो साथै रास्ट्रीय जनमोर्चाले आयोजना गरेको संघीयता बिरोधी काठमाडौ केन्द्रीत आन्दोलनलाई सफल पार्न सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापाले बिसिस्ट अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य बिजय बिस्ट, रक्तिम साँस्कृतिक बिभाग कि क्षेत्रीय संयोजक माया थापा, बिद्यार्थी क्षेत्रीय समितिबाट कुसुम क्षेत्री, मंगल पुन, बर्धा नगर समितिका अध्यक्ष शेर बहादुर खड्का, सामाजिक कार्यकर्ता भरत थापा लगायतका अतिथिहरूले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता रुपलाल जिएम, सञ्चालन तेज बहादुर पुन, अतिथिहरूको आसन ग्रहण पश्चात् वीर सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरूलाई मंगल पुनले स्वागत गर्नुभएको थियो ।
नबनिर्बाचित समितिको प्यनाल भिम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनले ईश्वर पुनको अध्यक्षतामा ११ पुर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यिय नागपुर नगर समिति चयन गरेको छ । जसको उपाध्यक्ष– प्रेम बहादुर थापा, सचिब– इन्द्रलाल जिएम, सहसचीब– अशोक शर्मा र कोसध्यक्ष– मंगल बहादुर पुन र सदस्यमा क्रमशः वीर बहादुर पुन, ललित जङ चन्द, तेज बहादुर पुन, किसन पुन, होम बहादुर जिएम, रुपलाल जिएम, बैकल्पिक सदस्यमाः मन्जु घर्ती, भानु बुढाथोकी र मिना पुन रहनुभएको छ । त्यस्तै सम्मेलनले जैकला पुन, महिमा पुन र वसन्त पौडेललाई सल्लाहकार चयन गरेको छ ।
सातौं सम्मेलनको उद्घाटन दिनांक २८ डिसेम्बर २०२४ का दिन गरिएको थियो । मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापाले उक्त सम्मेलन उद्घाटन गर्नुभएको थियो । रुपलाल जिएमको अध्यक्षता, मङल पुनको सञ्चालन अतिथिहरूको आसन ग्रहण, वीर सहिदहरूप्रती एक मिनेट मौनधारण पश्चात् इश्वर पुनले स्वागत गर्नुभएको थियो ।
घोषणा सभाको अन्तिममा साझपख रक्तिम परिबारद्वारा रोचक साँस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो ।