चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढ नगर समितिको आयोजनामा सदस्यता अयिभानसँगै कलाकार सम्मान समारोह सम्पन्न भएको छ । केन्द्रीय सदस्य दिनेश खड्काको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै खड्काले सदस्यता अभियानले कार्यकर्तामा ऊर्जा र सामाजिक भावनाको विकास अझै प्रगाढ हुने आशा व्यक्त गर्नुभयो ।
त्यस्तै, केन्द्रीय सदस्य खिमराज चालिसेले मूल प्रवाहको सदस्यतामार्फत् भारतस्थित नेपालीको हकहितको संरक्षण गर्ने संस्थाको सदस्यता लिएको सधैँ स्मरण गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाँकेका बालाराम न्यौपाने र राजमो दाङका शमशेर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
सो अवसरमा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्यहरू जुना चालिसे र तेजबहादुर रोका, केन्द्रीय सांस्कृतिक विभागका बिनु नेपाली, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोखरेल, केन्द्रीय सदस्य नारायण आचार्य, मूल प्रवाहका केन्द्रीय पार्षद् थमन थापा, महिला क्षेत्रीय सदस्य जमुना खनालको आतिथ्य रहेको थियो ।
कार्यक्रममा नगर समितिका कलाकारहरूलाई अतिथिद्वारा सम्मानपत्र प्रदान गरिएको थियो ।
नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा नगर सचिव थानेश्वर पाण्डेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित
जनसमुदायलाई सांस्कृतिक विभागका कलाकार र नगर सदस्य अर्जुन विकले स्वागत गर्नुभएको थियोे ।