हिसारमा मूल प्रवाहको टोल समिति गठन

हिसार । हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेलाले नयाँ टोल समिति आईतबार १२ जनवरी २०२५ को गठन गरेको छ ।

मूल प्रवाह हिसार नगर समितिद्धारा सञ्चालित सिटि एरिया समिति ‘बि’ अन्तर्गत ऋषिनगरमा सम्पन्न भेलामा मूल प्रवाह केन्द्रीय सदस्य तारा सोमरेले एकता समाजको गौरवमय इतिहासबारे संक्षीप्त मन्तब्य राख्नु भएको थियोे । भेलाले विभिन्न विषयहरुमा व्यापक छलफल पश्चात बाबुराम क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन गरेको छ ।

जस्माः सचिव– रिता बिक, कोषाध्यक्ष– शारदा पौडेल र सदस्यहरुमाः हरि भाट क्षेत्री, नारायण मुखिया, सिर्जना मुखिया, पार्वती मुखिया, बालकृष्ण पौडेल, प्रकाश मुखिया, कमल पौडेल, सावित्रा पौडेल, आशिष पौडेल र प्रताप भाट क्षेत्री रहनु भएको छ ।

नवनिर्वाचित समितिलाई मूल प्रवाह नगर अध्यक्ष बाबुराम पोख्रेल, केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर, महिला क्षेत्रीय सदस्य चन्द्रा सोमरेले बधाई तथा शुभकामना दिनुभएको थियो।

कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा हरि क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपस्थित सबैलाई सावित्रा पौडेलले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार