दिउसी भैलो समीक्षा कार्यक्रम सम्पन्न

फरीदाबाद, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा २०२४ को जनवादी भैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा नगर सम्मेलनका दौरानमा साँस्कृतिक विभागका कलाकारहरूको रुपमा योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको थियो, त्यस्तै सक्रिय कार्यकर्ताहरूलाई पनि सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष विष्णु बिसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य बाबुराम बिष्ट, क्षेत्रीय सचिव शिव केसी, केन्द्रीय प्रतिनिधि रामबहादुर बिक, क्षेत्रीय महिला विभागबाट माया बिसी, केन्द्रीय विद्यार्थी संघ कि सचिव सरिता बिसी, सांस्कृतिक विभागबाट धरम खनालको आतिथ्यता रहेको सो कार्यक्रमको सञ्चालन रमेश चन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

एक मिनेट मौनधरणपछि अगाडि बढेको सो कार्यक्रममा नगर उपाध्यक्ष अशोक कुँवरले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । रक्तिमका कलाकारहरूले गीतद्धारा सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

कपिल खनाल, शिव केसी, सरिता बिसी, शकुन्तला थापा, विद्यार्थी विभागबाट कमल कुँवर, हेवल हेमला एरियाबाट निर्मल सोनवानी मगर, एनआइटी एरियाबाट सुरेश गिरी, महिला विभागबाट बिमला महरा, सीता सुवेदी, हरिकला भुसाल, कलाकारबाट कविता थापा, कमला थापा, सिर्जना खनाल, मनिषा खनाल लगायतले मन्तव्य दिनुभएको थियो ।

मुख्य अतिथिले खनालले कलाकार र कार्यकर्ताहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार