चेन्नईका चारवटा नगरको संयुक्त १७औं नगर सम्मेलन सम्पन्न

चेन्नाई, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नाईका चार वटा नगर समिति, पुर्व, पश्चिम, उत्तर र दक्षिणको संयुक्त १७औं नगर सम्मेलन ११–१२ जनवरी २०२५ का दिन सम्पन्न भएको छ ।

गोपाल विकको अध्यक्षता र लोकेन्द्र पौडेलको सञ्चालनमा अगाडि बढेको उद्घाटन कार्यक्रममा प्रमूख अथिति वामपंथी युवा नेता आनन्द शर्मा, विशिष्ट अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अतिथिहरू क्रमशः महासचिव प्रेम पौडेल, केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य– भगवति कुवँर, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य केशमान नेपाली, चन्द्रकान्त शर्मा, खगेश्वर सुनार, क्षेत्रीय उपाअध्यक्ष दशरथ विक, सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य मिना हमाल, टेकबहादुर विक, गोविन्द शर्मा, हेम बहादुर गन्धर्व, धरम पहरी, चन्द्रप्रसाद शर्मा, विरे थापा, विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय अध्यक्ष कस्तुरी थापा लगायतको आथित्यता रहेको थियो ।

शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चात् सम्मेलन आयोजक समितिको तर्फबाट बुद्धिराम पौडेलले शब्दबाट र कलाकारहरूले गित संगितद्धारा उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।

संयुक्त १७औं नगर सम्मेलनको उद्घाटन प्रमुख अथिति आनन्द शर्माले दिप प्रज्जवल सहित तालीको गडगडाहट् विच गर्नुभएको थियो ।

प्रमूख अथिति शर्माले उद्घाटन समारोहलाई सम्बोधन गर्दै, देश साम्राज्यबादीहरूको चंगुलमा पर्दै गएको, साम्राज्यबादी शक्तिकेन्द्रहरू आफ्ना नितिहरू लागु गर्न संगठित शक्ति निर्माण गर्दै आएको धारणा राख्नु भयो । ‘साम्राज्यबादी शक्तिले आफ्नो नांगो हस्तक्षेपको पछिल्लो उदारण एमसिसी संसदबाट अनुमोदन गराउन सफल भएको र अब एसपिपी कार्यान्वयनलाई दवाव दिएको छ ।’ शर्माले  अगाडि भन्नु भयो– ‘ईन्डोप्यासिफिक स्टाट्रजी अन्तर्गत मिलिनियम चालेन्ज कार्पाेरेशन विकाशको आवरणमा नेपालमा अमेरिकी सैनिक विस्तार गर्ने रणनीति रहेको र यसले सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र माथीको हस्तक्षेप भन्दै अस्विकार्य छ ।’

‘देशमा संघीय राज्य प्रणालीले देश कंगाल हुँदै गएकोले नेपालमा संघीयताको खारेजीको कुनै विकल्प छैन ।’ अर्काे प्रसंगमा बोल्दै शर्माले भन्नु भयो– ‘विदेशीले बोकाएको संघीयताले देशको भौगोलिक अखण्डता खण्डित बनाउँछ । देशमा अत्याधिक मत संघीयता खारेजीका लागि जुट्दै आएको छ ।’ नेता शर्माले राजमोले आयोजना गरेको आगामि चैत्र चैबिस गतेदेखि तीस गतेसम्म चल्ने काठमाडौं केन्द्रीत संघीयता विरुद्धको आन्दोलनमा सबै प्रकारले सहयोग गर्न अपिल गर्नु भयो ।

सम्मेलन सफलताको शुभकामना दिंदै विशिष्ट अथिति ठाकुर खनालले संगठन र देशको समसामायिक राजनीति परिस्थिति बारे धारणा राख्नु भएको थियो  । ‘संगठित शक्तिले नै तमाम प्रकारका अन्याय अत्याचार र विभेदको अन्त्य गर्न सक्दछ ।’  अध्यक्ष खनालले भन्नु भयो– ‘भारतका गल्लि गल्लिमा रहेका नेपालीहरूको विच जनचेतना जगाउँदै संगठित गर्न मूल प्रवाहका कार्यकर्ताहरू निरन्तर रुपमा लागिरहेका छन् ।’

त्यस्तै महासचिव प्रेम पौडेलले मूल प्रवाहको गौरवमय ईतिहास स्मरण गराउँदै संगठन भित्रदेखिएका गलत तत्वहरूलाई किनारा लगाउँदै, सहि विचार, नेतृत्व र निश्चित उदेश्यका कारण सबैखाले अराजक र अनुशासनविहिन तत्वहरू छेउ लागेको बताउनु भयो । कार्यकर्ताहरूलाई भ्रमबाट विचलित नभई वैचारिक प्रतिबाद गर्दै अघि बढ्न आव्हान गर्नुभयो ।

घोषणा सभा 

केशमान नेपालीको अध्यक्षता कोटीप्रसाद पोख्रेलको सञ्चालन रहेको घोषणा सभामा प्रमुख अथिति राजमो केन्द्रीय सदस्य आनन्द शर्मा, विशिष्ट अथिति मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अथितिहरू महासचिच प्रेम पौडेल, कोषाअध्यक्ष मदन शर्मा, सदस्यहरू जनकराज पौडेल, भगवति कुवँर, चन्द्र बहादुर थापा, चन्द्रकान्त शर्मा, खगेश्वर सुनार, प्रवासी नेपाली संघ भारतबाट उपसचिव कृष्ण पोख्रेल, के.स. महिला विभाग साथै क्षेत्रीय सदस्य मिना हमाल, समता विभाग साथै क्षेस सदस्य धरमराम विक, अखिल भारत विद्यार्थी संघ कस्तुरी थापा, दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दसरथ विक, सदस्य गोविन्द शर्मा, हेम बहादुर गन्घर्व, जनजाति विभाग साथै क्षेत्रीय सदस्य विरे थापा, क्षेत्रीय सदस्य चन्द्र प्रसाद शर्मा, क्षेत्रीय सह सचिव धर्मराज शर्मा, सदस्य टेक बहादुर विकहरूको आथित्या रहेको थियो ।

सुर्य प्रसाद भुषालले उपस्थिति जनमानसलाई शब्दबाट र कलाकारहरूले गित संगितबाट स्वागत गर्नुभएको थियो । चेन्नई उत्तर र दक्षिण नगर समितिका नवनिर्वाचित समितिको नामावली केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।

चेन्नई उत्तर नगर समितिः

अध्यक्ष– गोपाल विक, उपाध्यक्ष– रवि अधिकारी, सचिव– तेजेन्द्र पुन, सहसचिब– विष्णु विक, कोषाध्यक्ष– कोटीप्रसाद पोख्रेल, सदस्यहरूमा क्रमशः काशिराम शर्मा, विष्णु सुनार, मानबहादुर केसी, धर्मराज शर्मा, तिलक सिंह, रेशम थापा, भवानी प्रसाद गोराथोकि, पदम गरी, नेत्रलाल शर्मा, भुमिश्वर शर्मा, गायत्री खड्का, मोहन योगि, बैकल्पिक सदस्य– कोपिला मणि शर्मा, धन बहादुर जिएम, तिलक विक, एकेन्द्र नेपाली र याम प्रसाद घिमिरे, सल्लाहकारमाः पदम विक, गिता केसी, राम प्रसाद चौधरी, भुपाल जिएम र सीता शर्मा रहनु भएको छ । समिति २७ सदस्यीय रहेको छ ।

चेन्नई दक्षिण नगर समितिः

अध्यक्ष– खगराज आचार्य, उपाध्यक्ष– जीवन शर्मा, सचिव– रोम बहादुर सापकोटा, सहसचिव– मिमलाल पौडेल, कोषाध्यक्ष– नविना बस्नेत पौडेल, सदस्यहरूमाः मिना सापकोटा, शुन्दर परियार, मिना परियार, उमानन्द चालिसे, लोकेन्द्र पौडेल, होमनाथ शर्मा, चेतन शर्मा, सीता आचार्य, पदम विक, कृष्ण प्रसाद, वैकल्पिक सदस्यः हरि प्रसाद शर्मा, मान बहादुर थापा, विजय थापा, रेशम सुनार र एक रिक्त, सल्लाहकारमाः गोपाल पौडेल, मान बहादुर थापा, मीन बहादुर थापा, विकाश शर्मा र एक रिक्त गरी सत्ताई सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

पश्चिम नगर समिति : 

अध्यक्ष– बुद्धिराम पौडेल, उपाध्यक्ष– प्रकाश नेपाली, सचिव– किशोर शर्मा, सहसचिव– गंगा थापा, कोषाध्यक्ष– केशमान नेपाली, सदस्यहरूमाः खुमन प्रसाद भण्डारी, एकदेव शर्मा, डिल बहादुर जिएम्, दुर्गा रायमाझी, चन्द्रीका पौडेल, नेत्रलाल शर्मा, गुमा शाही, शसिराम थापा, लोक कुमारी थापा, नर बहादुर थापा, रवि नेपाली, राजेश सुनार, वैकल्पिक सदस्यमाः अनिता गिरी, तिलकराम शर्मा, पदम नेपाली, भवानी खत्री सुनार, भविलाल थापा र महेन्द्र बोगटी, सल्लाहकारमा रामु नेपाली, सत्या पुन, हरि प्रसाद शर्मा, कोपिला राना, शालिक राम शर्मा र मोहन वुढा रहनु भएको छ । उन्नाई सदस्यीय पुर्ण र दुई स्थान रिक्त सहित एकतिस सदस्यीय समिति रहेको छ ।

चेन्नई पुर्व नगर समिति :

अध्यक्ष– ओमकान्त शर्मा, उपाध्यक्ष– विमल लामिछाने, सचिव– टिका थापा, सहसचिव– बाबुराम सापकोटा, कोषाध्यक्ष– सुर्यप्रसाद भुषाल, सदस्यहरूमाः दयाराम विक, सुनिल नेपाली, बाबुराम, संझना बस्याल, ओम बहादुर विक, कर्ण बहादुर सुनार, रुकमणि, रिता भुषाल, बैकल्पिक सदस्यमाः सुरेश परियार, चन्द्र कला, राजेश केसी, राम बहादुर, सल्लाहकारमाः कुल बहादुर, हेम सुनार र प्रथम चरोसा, कमल प्रसाद रेग्मी रहनु भएको छ ।

पश्चिम र पूर्व नगर समितिको घोषणा केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई आनन्द शर्मा, ठाकुर खनाल, प्रेम पौडेल र मदन शर्माले सारगर्भित धारणा सहित कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनुभएको थियो ।

संगठनमा लामो समय काम गर्नुभएका चेन्नई पश्चिम नगरका सदस्यहरू तर्क बहादुर थापा र मतिलाल शर्मालाई सोही सन्दर्भमा स्वदेश विदाई गरिएको थियो । केन्द्रीय अध्यक्ष ठाकुर खनालले खादा ओडाई विधाई गर्नु भएको थियो । त्यस्तै कराटेमा नेशनल लेभल विजेता अवार्ड प्राप्त गर्न सफल युक्त बहादुर बस्याललाई खनालले खादा ओडाई सम्मान गर्नुभएको थियो ।

सम्मेलनमा कलाकारहरूले भब्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार