भूवनेश्वर र कटकको मूल प्रवाहको संयुक्त नगर सम्मेलन

भूवनेश्वर । उडिसा प्रान्तको भूवनेश्वर र कटकमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त नगर सम्मेलन सम्पन्न भएको छ ।

महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २६, २०२५ का दिन सो भूवनेश्वरको तेह्रौँ र कटकको बाह्रौँ सम्मेलन सम्पन्न भएको हो ।

सो अवसरमा मन्तव्य राख्दै महासचिव पौडेलले मूल प्रवाहले भारत प्रवासमा रहेका नेपालीको हकहित र सुरक्षाको लागि स्थापनाकालदेखि नै सङ्घर्स गर्दै आइरहेको बताउनुभयो ।

उहाँले भारतमा रहेका नेपालीहरू आधारकार्ड, रासनकार्डलगायतका सेवासुविधाबाट वञ्चित हुनु परिरहेकोमा मूल प्रवाहले भारत सरकारका सम्बन्धित निकायसँग आवाज उठाउदै आइरहेको बताउनुभयो ।

सम्मेलनमा भाकपा माले) मासलाइन उडिसाका सेक्रेटरी विवेक रन्जन, मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय सदस्य तथा सांस्कृतिक विभागकी संयोजक माया थापालगायतको आतिथ्य रहेको थियो ।

रेकम जिसीको अध्यक्षता तथा सम्मरबहादुर माझीको सञ्चालनमा अघि बढेको सम्मेलनमा उपस्थित जनसमुदायलाई हेमकुमार थापा र सांस्कृतिक विभागका कलाकारले स्वागत गरिएको थियो ।

नवनिर्वाचित दुईओटा नगर समितिको नामावली अखिल भारत नेपाली बिद्यार्थी सङ्घका केन्द्रीय सहसचिव सन्जोग दुलालले घोषणा गर्नुभएको थियो ।

भूवेनश्वरको अध्यक्षमा जिसी

सम्मेलनले रेकम जिसी अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक सदस्य र चार सल्लाहकारसहितको २१ सदस्यीय भूवनेश्वर नगर समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विजयकुमार लामा, सचिवमा केशव छेत्री, सहसचिवमा कृष्ण गौतम र कोषाध्यक्षमा पर्शुराम ल्याहोमगर रहनुभएको छ ।

समितिको सदस्यमा गिरिराज परियार, शशिकला जिसी, कौसल्या परियार, मीना थापा, रामु क्षेत्री, रमेश परियार, थमन जिसी र शिवशङ्कर सिंह, वैकल्पिक सदस्यमा योगेश चौधरी, गोपाल थापा, मनोज परियार र बसन्ती क्षेत्री तथा सल्लाहकारमा धनबहादुर प्रधान, राजु सुनुवार, दिलबहादुर रोका र अरुण लामा रहनुभएको छ ।

कटकको अध्यक्षमा माझी

त्यस्तै, सम्मेलनले सम्मरबहादुर माझी अध्यक्ष रहनुभएको नौ पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकारसहितको १३ सदस्यीय कटक नगर समिति चयन गरेको छ ।

समितिको सचिव लक्ष्मण राणा, कोषाध्यक्ष राजु सुनुवार, सदस्य अन्जु थापा, सुन्तली माझी, किसन सुनार, मन विक, दिव्या पाधा, व्यबहार माझी, वैकल्पिक सदस्य नरबहादुर केसी, लोक प्रसाद तथा सल्लाहकारमा हुकुम ओली र शिवकुमार सुनार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार