
खिमराज चालिसे,
श्रीगंगानगर । भारतको राजस्थान राज्यको श्रीगंगानगरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नगर सदस्य एव रिको एरिया अध्यक्ष बालाराम भट्टराई निधन भएको छ ।
६९ वर्षीय भट्टराईको ३ जनवरी २०२५ का दिन उपचारको क्रममा निधन भएको हो ।
सन् १९९० मा उत्तर प्रदेशको नोएडाबाट मूल प्रवाहको सदस्यता लिएका बालाराम हाल श्रीगंगानगरको नगर सदस्य एव रिको एरिया अध्यक्ष समेत हुनुहुन्थ्यो ।
निरन्तर संगठनमा क्रियाशील बालाराम पछिल्लो केहि समयदेखि अस्वस्थ्यताका कारण नेपाल प्युठान जिल्लाको झिमरुक गाउँपालिका–६ रोटेपानीस्थित आफ्नो घरमा जानु भएको अवस्थामा निधन भएको मृतकका भतिजा मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराईले बताउनु भएको छ।
२०१३ सालमा आमा टीका उपाध्याय र बुबा पुनाराम उपाध्यायको कोखबाट जन्मनु भएका बालारामका श्रीमती र तीन छोराहरू हुनुहुन्छ । उहाँको निधनप्रति मूल प्रवाह श्रीगंगानगर नगर समितिले शोक व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै, मूल प्रवाहले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।