


तारापुर । प्रवासी नेपाली संघ महाराष्ट्र राज्य समिति सदस्य मिन बहादुर बिक एवम् सरौली नगर समिति सदस्य सुर्य भण्डारीले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । वहाँहरुले एक संयुक्त वक्तव्य जारि गरि सो जानकारी गराउनु भएको हो ।
वहाँहरुद्धारा जारि गरिएको वक्तव्यमा ‘प्रवासी नेपाली संघले प्रवासी नेपालीहरुको हकहित भन्दा पनि भोट बैंक सुरक्षीत गर्ने काम मात्रै गरेको र उसको मातृपार्टी एमाले देशका उत्पीडित जनताको मुक्तिको लागि काम गर्न सकेको छैन’ भन्नु भएको छ– ‘आजकै मितिदेखि प्रवासी संघको सबै जिम्मेवारी सहित साधारण सदस्य समेतबाट राजीनामा दिदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छौं ।’
वहाँहरूलाई केन्द्रिय सदस्य गोविन्द थापा, टंक कुवर, तारापुर नगर कोषाध्यक्ष लोकमणी पाण्डेको उपस्थितिमा केन्द्रीय अध्यक्ष ठाकुर खनालले सदस्यता प्रदान गर्नु भएको थियो ।