
मुम्बई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रती प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता स्याम तरामुले गर्नु भएको थियो ।
कार्यक्रमलाई समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले प्रमुख अथितीको आसनबाट सम्बोधन गर्नुभएको थियो ।
संघीयता विरुद्ध राजधानी (काठमाडांै) केन्द्रीत आन्दोलन चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाको आन्दोलनमा एक महिना स्वयमसेवकको रूपमा र ७ दिने आन्दोलनमा जान आव्हान गर्नु भयो । ‘विश्वका विभिन्न मुलुकमा संघीयता व्यवस्था असफल भइसकेको छ, तर नेपालमा राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्ताहरुलाई चित्त बुझाउन र राजनीतिक भागबंडाका लागि मात्रै संघीय व्यवस्था जबरजस्ती राष्ट्रमाथि थोपरिएको छ ।’ अध्यक्ष खनाल भन्नु भयो– ‘यो व्यवस्था समय मै नफाले यसले नै विश्वको मानचित्रबाट नेपाललाई ध्वस्त पार्नेछ ।’
कार्यक्रममालाई केन्द्रीय सदस्य गोबिन्द थापा, सदस्य टंक कुँवर, मध्यपश्चिम भारत क्षेत्रीय सदस्य सन्तु थापा, महिला बिभागबाट यामुमाया राना, रक्तिम कलाकारबाट ज्ञानि राहाडी लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई रन बोगटी र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो । अनन्त राहाडीको सञ्चालन रहेको सो कार्यक्रममा मेष ब्याबस्थापनबाट जितमान सिंजालीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।