पुनेमा प्रचारात्मक तथा ऐक्यवद्धता सभा सम्पन्न

पुने । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुने पूर्व र पश्चिम नगर समितिको संयुक्त आयोजनामा संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रती प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ ।

रामचन्द्र केसीको अध्यक्षता तथा खेमराज रावतको सञ्चालनबाट सो कार्यक्रममा केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । सो कार्यक्रमा ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनश्रद्धाञ्जली प्रकट पछि कार्यक्रममा सहभागिहरुलाई सुरेश केसीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानी केन्द्रीत आन्दोलनलाई सफल पार्न आव्हान गर्नुभएको थियो । आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गर्दै आन्दोलनलाई सफल पार्नु सम्पूर्ण देशभक्त नेपालीहरुको कर्तव्य रहेको समेत खनालको भनाई थियो ।

त्यस्तै कार्यक्रमलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, नगर समितिका मेघराज कुँवर, इन्द्रा भण्डारी र खिमा कुँवरले पनि मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार