किट युनिभर्सिटीमा घटेको घट्नलाई नयाँ मोड दिने कोशिस

भूवनेश्वर । फरवरी १६, २०२५ का दिन प्रकृती लम्साल मृत भेटीसँगै उत्पन्न घट्नालाई नयाँ मोड दिने कोशिस गरिएको बुझिएको छ ।

नेपाली विद्यार्थीहरुलाई निश्कासित गरेको युनिभर्सिटीले विद्यार्थीहरुलाई पुनः फर्किन आव्हान गरेसँग केही सहजात देखिएता पनि वास्तविकता अरु केही रहेको खुल्न आएको छ ।

१८ फरवरी २०२५ का दिन युनिभर्सिटीले घरपरिवारप्रति गहिरो समवेदना प्रकट गर्दै विद्यार्थीहरुलाई युनिभर्सिटीले प्रेस विज्ञप्ती जारि गरेको थियो । उक्त विज्ञप्तीले विद्यार्थीलाई फर्किन सहजता भए जस्तो देखिएको थियो ।

तर युनिभर्सिटीमा पुगेका विद्यार्थीहरुलाई चार बुँदे शर्तहरु सहितको फारम भर्न लगाइएको थियो । एकजना विद्यार्थीले हामीलाई दिएको जानकारी अनुसार उक्त फारममा विद्यार्थीहरुलाई हस्ताक्षर गराएर प्रकृति लम्सालको घटनालाई कम्जोर बनाउने कोशिस गरिएको स्पष्ट बुझ्न सकिन्छ ।

फारमा लेखिएका बुँदाहरु हामीले यहाा समेट्ने कोशिस गरेका छौं :

  1. म विश्वविद्यालय/होस्टेलको नियम र नियम पूर्ण रूपमा पालन गर्नेछु ।
  2. मेरो विश्वविद्यालय/होस्टलमा बस्दा भविष्यमा कुनै पनि प्रकारको अनुशासनहीन गतिविधिमा संलग्न हुने छैन ।
  3. आगामी दिनमा अनुशासनहीन गतिविधि दोहोर्याउने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
  4. मलाई पुनःविचार गरी विश्वविद्यालय/होस्टलमा बस्न अनुमति दिन अनुरोध गर्दछु ।

यसरी युनिभर्सिटीले नै अमानवीय प्रकारले निश्कासित गरिएका विद्यार्थीहरुलाई पुनः प्रवेश गराउने सन्दर्भमा गरेको चलाखीले यो सहजै बुझ्न सकिन्छ कि, युनिभर्सिटी प्रशासन आफूले गरेको कम्जोरीबाट बच्न खोजिरहेको छ ।

अर्को तर्फ यो पनि स्पष्ट हुन आउँछ कि, प्रकृती लम्साललाई आत्महत्या गर्न वाध्य बनाउने व्यक्तिलाई न्यायिक कारवाहीबाट बचाउने र युनिभर्सिटीले आफ्नो धुमिल भएको गरिमालाई बचाउन कोशिस गरिरहको छ ।

यसै बीच हामीलाई प्राप्त जानकारी अनुसार आरोपी एडविक श्रीवास्तवले १८ फरवरीका दिन नै न्यायिक हिरासतबाट वेलको लागि अपिल गरेका छन् ।

यसरी युनिभर्सिटीले आफ्नो धुमिल छविलाई बचाउने सन्दर्भमा एक पछि अर्को कम्जोरी गर्नु र आरोपी एडविक श्रीवास्तवले न्यायिक हिरासतमा गएको दुई दिन पनि नवित्दै वेलको लागि जिल्ला अदालत खुर्द भूवनेश्वरमा अपिल गर्नुले आरोपीलाई उनमुक्ति दिने र युनिभर्सिटीको धुमिल छविलाई चकाचौंध सफा देखाउने खेल सँगसँगै त खेलिएको छैन ? शंका उत्पन्न हुनु स्वभाविक नै हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार