
रिकङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकाग पिओ नगर समितिद्धारा संचालित महिला विभागको आयोजनामा ११५ औं श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न भएको छ ।
महिला विभाग नगर संयोजक श्रीमती मुगाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरूको हकहितको लागि समाज ले अझै ठुलो भूमिका खेल्नुपर्ने धारणा राख्दै मूल प्रवाह हिंमाचलका सहसचिव मिथुन सिंह, सदस्य गोपाल जग शाही र निमल सिंह, महिला विभागका सदस्यहरू सावित्री र लक्ष्मीले गहकिला विचार राख्नु भएको थियो ।