
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम एंव संघियता विरुद्धको काठमाण्डौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता सभा आज ८ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओलीले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै महिला आन्दोलन र काठमाडौं केन्द्रीत संघीयता खारेजीको आन्दोलनमा चैत्र २४ देखि ३० सम्म सहभागी हुन आव्हान गर्नु भयो । वहाँले आन्दोलनको लागि आर्थिक, नैतिक, भौतिक सहयोग गर्न समेत आग्रह गर्नुभएको थियोे ।
समारोहलाई नगर सचिव गिरी बहादुर मगर, महिला सदस्य लिलादेवी, खुमा पुलामी, मगर देवकी राना, पुर्ण बराई लगाएतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम संगिता नेपालीको अध्यक्षतामा तथा नारायण केसीको सञ्चालनमा सम्पन्न भएको हो भने माया ओलीले स्वागत मन्तव्य दिनु भएको थियो ।