
रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती रोपडको आयोजनामा हिजो ८ मार्च २०२५ को ११५ औं श्रमिक महिला दिवश एवं संघीयता बिरोधी राजधानी (काठमाण्डौ) केन्द्रीत आन्दोलनलाई ऐक्यवद्धता कार्यक्रम सम्पन्न गरिएको छ ।
महिला दिवश र संघीयता खारेजीको काठमाण्डौं केन्द्रीत आन्दोलन बारे विचार राख्ने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं जनजाति संयोजक बिलबहादुर गुरुङ, महिला सदस्य रुपा कार्की, नगर सचिव मदन थापा, लक्ष्मि गुरुङ, भिम बहादुर कार्की, गिता सापकोटा, भेग, बिस्नु गुरुङ, बहादुर टन्डन, चन्द्रकला सापकोटा, जगनाथ कडेल, भक्त बहादुर राना, राधिका सापकोटा, हेमा गुरुङ, नारायण सापकोटा, पुष्पा थापा, खेम प्रसाद सापकोटा हुनुहुन्थ्यो ।
कार्यक्रम हरिकला कडेलको अध्यक्षतामा तथा स्वस्तिका परियारको संचालनमा सम्पन्न भएको हो भने स्वागत दिल कुमारी परियारले गर्नु भएको छ ।