

हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम र संघीयता विरुद्ध राजधानी काठमांडौ केन्द्रित आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरेले व्यानर खोलेर उद्घाटन गर्नुभएको थियो । संघीयता विरुद्ध आन्दोलन र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
समारोहलाई सम्वोधन गर्ने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य नारायण विक, क्षेत्रीय समितिका कोषाध्यक्ष बाबुराम पोख्रेल, अखिल महिला संघ पाल्पा जिल्लाकी निरु सारु, मूल प्रवाहका चन्दप्रकास गैरे, विस्नु गौतम, नन्द बहादुर लम्तरी, मन बहादुर घर्ती मगर, लाल बहादुर चुदाली, दिपा लम्तरी, लक्ष्मी रास्कोटी, कुसुम सोनी, फतेहाबाद महिला बिभागकी कमला थापा लगाएत हुनुहुन्थ्यो ।
समारोहमा घैटो फोर प्रतियोगिता सम्पन्न भएको थियो । घैटाफोरमा बिशाल वि सी बिजेता हुनुभएको थियो ।
कार्यक्रम दुर्गा ज्ञवालीको अध्यक्षता तथा कमला बगालेको सञ्चालन र चन्द्रा सोमरेको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।