
तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति महिला विभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस भव्य रुपमा सम्पन्न पारिएको छ ।
तारापुर नगर उपाध्यक्ष लक्ष्मी तिवारिको सञ्चालन, नगर महिला विभाग सरासती पल्ली मगरको अध्यक्षतामा अघि बढेको सभालाई मूल प्रवाह केन्द्रीय सदस्य, केन्द्रीय सदस्य टंक कुवर मध्यपश्चिम भारत महिला बिभाग संयोजक रेनुका कुँवर समितिका तारापुर नगर अध्यक्ष खडक राई, तारापुर नगर कोषाअध्यक्ष लोकमणि पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित जनमानसलाई महिला बिभाग कि मैना कुँवरले स्वागत गर्नु भएको थियो ।
त्यस्तै क्षेत्रीय कोषाध्यक्ष हरि कुमार गिरी, क्षेत्रीय सदस्य पुर्ण विक, सुरत नगर अध्यक्ष किशोर ताम्राकारले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो । साथमा २३ जना रक्तिम कलाकारहरूलाई सम्मान कार्यक्रम गरिएको छ । तारापुर नगर सचिब कपिल पाण्डेले नोकरी छोडेर स्वदेश जाने भएकोले उहाँले संगठनमा रहेर थुप्रै योगदान दिनुभएकोले उहालाइँ बिदाइ कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा रक्तिम साँस्कृतिक कलाकार भाइ बहिनिहरुले नृत्य प्रस्तुत गरेका थिए ।