


अम्बाला । भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, अम्बालाले संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै शभा आयोजना गरेको छ ।
राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि गर्न लागेको संघीयता विरुद्धको काठमाडौँ केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मूल प्रवाहले १६ मार्च २०२५ का दिन सभा सम्पन्न गरेको हो ।
मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालिसेले संघीयता विरुद्धको काठमाडौँ केन्द्रित आन्दोलनको ऐतिहासिक महत्वबारे स्पष्ट पार्नु भएको थियो । उहाँले संघीयता खारेजीको आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नका लागिसमेत प्रवासी नेपालीहरूलाई अनुरोध गर्नु भयो ।
सभालाई मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मण अर्याल, मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सदस्य अन्जु सुवेदी, महिला नगर संयोजक रेश्मा केसी, सेवा सुरक्षा सहयोग समितिका किसन नेपाली, गणेश पटेल लगाएतले सम्बोधन गर्नु भएको थियो ।