जालन्धरमा मूल प्रवाहको टोल समिती गठन

जालन्धर । पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सोडल एरियामा आज १६ मार्च २०२५ को सम्पन्न भेलाले टोल समिती गठन गरेको छ।

मूल प्रवाहका नगर सदस्य रामु बिकको पहलमा आयोजित सो टोल भेलामा मूल प्रवाह केन्द्रीय सचिव कुल बहादुर बगालेले विधान घोषणापत्र माथी प्रकाश पार्नु भएको थियोे।

मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, केन्द्रीय परिषद सदस्य लक्षमण खड्का र जमुना गाहा नगर सदस्य खेम बसेल र चन्द्र बस्याल लगाएतको सक्रियतामा सम्पन्न भेलाले १५ सदस्यीय साइपुर टोल समिती गठन गरेको छ।

नवगठित टोल समितीको अध्यक्षमा जुना सुनार, उपाध्यक्ष सुरज बिक, सचीव सुशीला थापा, सहसचीव अनु बिक, कोषाध्यक्ष गोमा बिक र सदस्यहरुमा क्रमश सरिता बिक, लक्ष्मी बिक, सुस्मिता थापा, सम्झना बिक, शान्ति सुनार, सुनिता बिक, विक्की कुमार बिक, सुमन बिक, श्याम कुमारी बिक र मीना बस्याल रहनु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार