
बेंगलोर । विश्व रैकालकी पत्नी शोभा रैकाल वर्ष ६७ की हाल बेंगलोरमा निधन भएको छ । वहाँ नेपल घर डोटी, आदर्श गाँउपालिका ४ निवासी भई हाल यलनका न्यू टाउनमा परिवारको साथमा रहँदै आउनु भएको थियो । वहाँ लामो समयदेखि बिमार हुनुहुन्थ्यो ।
वहाँको १९ मार्च २०२५ का दिन निधन भएको खबर मृतकका छोराले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी लगायतका साथीहरुलाई जानकारी गर्नु भएको थियो । खबर पाउना साथ घटनास्थल पुगी शव सरकारी प्रकृया पूरा गरी २० मार्च २०२५ का दिन आफन्तजन र मूल प्रवाहका साथीहरुको उपस्थितीमा हेब्बालको संशानघाटमा दाहसंस्कार गरिएको छ ।