


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रश्न...
आज देश चौतर्फी सङ्कटको मुखमा उभिएको छ । विभिन्न साम्राज्यवादी शक्तिहरूले...
नवीन बस्याल ## गायक प्रकाश सपुतले चलचित्र ‘बसन्त’ प्रदर्शनमा ल्याएका छन् ।...
नाम-लोचन कुमार कुवर ठेगाना -ढोरपातन न.पा.-५ बागलुङ ,नेपाल उमेर-४८वर्ष हराएको मिति र स्थान- २०८१-१२-३०(अप्रिल...
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र...
काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया...
काठमाडौँ । भारतको जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमलामा परी एक नेपालीसहित...
बेंगलोर । अन्तर्रास्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च बेंगलोरको आयोजनामा...
हिसार । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच हिसारको आयोजनामा...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ ।
यस्तै, काठमाडौँ उपत्यका भित्र राजमोको टिम प्रचार प्रसारमा सक्रिय छ । केही दिनदेखि राजमो कार्यकर्ताहरू सुन्धारा, न्युरोड, त्रिपुरेश्वर, बानेश्वर चाबिहल, गोंगबुलगायतका क्षेत्रमा पर्चा वितरण तथा जनभेटघाट गरिहेका सो टोलीमा संलग्न राजमो नेता खगेश्वर सुनारले बताउनुभयो ।
टोलीमा ७२ वर्षीय भीमबहादुर थापा, उस्तै उमेर समूहका तिलक पौडेलदेखि युवा नेताहरू उषा पुन, अर्जुन पौडेल, कमल पौडेललगायत सहभागी हुनुहुन्छ ।
सो टोलीले राजधानीबासीसँग भेटघाट गरी संघीयताविरुद्ध आन्दोलनबारे जानकारी दिनुका साथै कार्यक्रमका लागि सहयोग संकलन गरिरहेको नेता विष्णु श्रीनेतले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा राजधानीबासीले संघीयता मन नपराएको र त्यसविरुद्ध हुने आन्दोलनलाई सहयोग गर्न तयार रहेको राजमो नेताहरू बताउँछन् । संघीयताले अनावश्यक प्रशासनिक खर्च बढाएको, विकास रकम कटौती गरेको, कर बढाएको र देशैभरी भुरे टाकुरे भीआईपीहरू सिर्जना गरेको स्थानीयको बुझाई छ ।
राजमोले सञ्चाल गर्न लागेको संघीयताविरुद्धको आन्दोलनको प्रचार स्वदेशमा मात्र नभइ प्रवासमा समेत उस्तै चलिरहेको छ ।
भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न सहरहरूमा प्रचारात्मक कार्यक्रम गरिरहेको छ भने मूलप्रवाहका कैयौँ कार्यकर्ता आन्दोलनका लागि स्वदेश फर्किएका छन् ।
यसैगरी संसारका अन्य देशहरूमा समेत प्रवासी नेपालीले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
राजमोले चैत २४ गतेदेखि सञ्चालन गर्न लागेको संघीयताविरुद्धको आन्दोलनका लागि तयारी गरिरहेको छ । प्रचारप्रसार, आथिर्क संकलनलगायत व्यवस्थापनको तयारी भइरहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
कायक्रमको प्रचारका लागि रक्तिम सांस्कृति अभियानका कलाकारहरूले समेत यही चैत १५ देखि सडक सांस्कृतिक कार्यक्रम गर्दैछन् ।
