हिसारको अनाजमन्डीमा मूल प्रवाहका दुई टोल समिति गठन

हिसार । हिसारको अनाजमन्डीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दुईओटा टोल समिति गठन भएका छन् ।

सिटी एरिया बीअन्तर्गत अनाजमन्डीमा अप्रैल २, २०२५ का दिन सो समिति गठन भएका छन् ।

नवगठित सात सदस्यीय टोल समितिको अध्यक्षमा बिमला मुखिया, सचिवमा सपनादेवी र कोषाध्यक्ष रविकुमार तथा सदस्यमा प्रमिला मुखिया, अमृता मुखिया, कमला मुखिया र ईश्वरी मुखिया रहनुभएको छ ।

नवनिर्वाचित समितिलाई बधाई एवम् शुभकामना दिने वक्ताहरूमा क्षेत्रीय महिला सदस्य कमला बगाले, अनिल रासकोटी, दुर्गा रासकोटीलगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम महेन्द्र रोकाको अध्यक्षता तथा प्रमिला मुखियाको सञ्चालनसँगै सम्पन्न भएको थियो ।

त्यसैगरी, अनाजमन्डीमा सम्पन्न अर्को भेलाले डी टोल समिति गठन गरेको छ ।

महिला क्षेत्रीय सदस्य कमला बगाले, नगर समितिका अनिल रासकोटी, महेन्द्र रोका, दुर्गा रासकोटिको विशेष उपस्थितिमा सो गठन भएको थियो ।

मनिष मुखिया अध्यक्ष रहनुभएको सात सदस्यीय सो टोल समितिमा सचिव मोनु कुमाल, कोषाध्यक्ष अन्जु तथा सदस्यमा जानकी मुखिया, पुरन घर्ती, पुष्पा घर्ती, गीता कुमाल, चेतन कुमाल र मेगराज कुमाल रहनुभएको छ ।

समितिलाई क्षेत्रीय महिला सदस्य कमला बगालेले बधाई दिनुभएको थियो ।

अनिल रासकोटीको अध्यक्षता तथा मनिष मुखियाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार