हिसारमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

हिसार ।  अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच हिसारको आयोजनामा हिजो मंगलवार २२ अप्रेल २०२५ को नेकपाको ७७ औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५६ औ जन्मदिवश समारोहको कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ।

कार्यक्रमलाइ सम्वोधन गर्दै प्रमुख अतिथि मूलप्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले मार्क्सवाद लेनीनवाद तथा माओविचारधाराको सैद्धान्तिक हतियारको व्यावहारिक प्रयोगले नै संसार भरका शोषित उत्पिडीतहरुको मुक्ती हुन सक्ने धारणा राख्नु भएको थियो।

सभामा सम्वोधन गर्ने अन्य वक्तामा मूल प्रवाह सुदुर पश्चिमोत्तर महिला क्षेत्रिय सदस्य कमला बगाले पनि हुनुहुन्थ्यो। कार्यक्रम ओमप्रकाश को संचालनमा तथा बाबुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत दुर्गा ज्ञवालीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार