हैदराबादमा १३६औं अन्तर्राष्ट्रिय मजदुर दिबस मनाइयो 

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको तत्वाबधानमा मई दिवस मनाइएको छ । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव तिलक राना, अध्यक्षता कोषाध्यक्ष घनश्याम शर्माले गर्नुभएको थियो । अतिथिहरूको आसन ग्रहण पश्चात् वीर सहिदहरूप्रती एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरूलाई क्षेत्रीय सदस्य गङा कडायतले स्वागत मन्तब्य राख्दै स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले मजदुर दिबसको इतिहास, मजदुरहरूको बर्तमान अवस्थाको बारेमा चर्चा गर्दै मूल प्रवाहले मात्र भारतमा रहेका आम श्रमजीवी नेपालीहरूको हकहित र उत्थानको लागि अबिछिन्न रुपमा काम गर्दै आइरहेको बताउनुभयो । मजदुर बर्गको मुक्ती प्राप्तिको लागि स्वयम् मजदुर बर्ग नै जुरमुराएर उठ्नुपर्छ सङ्घर्स गर्नुपर्ने बताउँदै अर्थबादी ट्रेड युनियनहरूको मुक्तीप्रतिको उदासीन तथा ब्यक्तिगत स्वार्थका कारण मजदुर आन्दोलन थला परेको बताउनुभयो ।

ॅदेशभित्रको राजनीतिक परिवेशलाई कोट्याउँंदै ठुला दलहरू भनिने एमाले, काँग्रेस, माओवादीहरूको प्रष्ट राजनीतिक लाइनको अभावको कारण तथा सत्तालिप्साको राजनीतिको कारण नेपाली जनताको चाहना तथा आबस्यकता नै नभएको संघीयतालाई जबरजस्ति रुपमा लादेर भित्राउने काम गरियो ।’ पौडेलले भन्नुभयो– ‘आज देशले ठूलो आर्थिक बोझ ब्यहोर्नु परिरहेको छ, यस्तो झन्झटिलो र खर्चिलो ब्यबस्थालाई खारेज गर्नुको बिकल्प छैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय प्रतिनिधि तथा दक्षिण नगर समितिका अध्यक्ष रतन सिंह कर्माले श्रमजीवी मात्रै नभएर बौद्धिक श्रमिकहरूको अवस्था पनि दयनीय रहेको बताउँदै सबै नेपालीहरू सचेत संगठित हुनुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा मन्तब्य राख्ने अन्य बक्ताहरूमा केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, केन्द्रीय सदस्य क्षेत्रीय सदस्य तथा महिला बिभागकी संयोजक पुष्पा पौडेल, केन्द्रीय साँस्कृतिक बिभागकी केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय संयोजक माया थापा, दक्षिण हैदराबादबाट भुपाल ठाडा, मध्य हैदराबादबाट कुमार थापा र उत्तर हैदराबादबाट सुर्यबहादुर थापाले शुभकामना मन्तब्य राख्दै मजदुर दिबसको अबसरमा गहकिला बिचारहरू राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार