
भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति भोपालद्वारा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न गरिएको छ ।
कार्यक्रमको सञ्चालन नगर समिति सह सचिव कृष्ण पचभैयाले र अध्यक्षता भोपाल नगर समितिका अध्यक्ष रमेश रानाले गर्नुभएको थियो । कार्यक्रमको सुरुआत ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण गरि भएको थियो ।
यस अवसरमा केन्द्रीय समिति सदस्य ताल बहादुर खड्का, क्षेत्रीय समिति सदस्य अर्जुन जीएम, अतिथि स्वरूप उपस्थित रहनुभएको थियो । कार्यक्रम मा स्वागत मन्तव्य राज रुचालले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ताल बहादुर खड्काले अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस भनेको के हो भन्ने बारेमा स्पष्ट पार्दै आफ्नो विशेष मन्तव्य दिनु भएको थियो । साथै नगर समिति सचिव सोनु थापा, अर्जुन जिएम र केशब खड्काले पनि मन्तव्य दिनु भएको थियो ।