
चन्डिगढ । भारतको चन्डिगढमा एक सय छत्तिसौँ मे दिवस मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय परिषद् सदस्य थमन थापा, अखिल भारत नेपाली विद्यार्थी सङ्घका अध्यक्ष माधव पोख्रेल, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य जुना चालिसे, क्षेत्रीय महिला विभागकी सरस्वता भुसाल र जनजाति विभागका प्रेम गुरुङले मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले मे दिवसको अवसरमा मजदुर वर्गको भूमिकाको बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय समितिका सहसचिव तेजबहादुर रोका, सांस्कृतिक विभागका अर्जुन विक, समता विभागका दुर्गा विक र विद्यार्थी सङ्घ चन्डिगढका सुरज चालिसेको आतिथ्य रहेको थियो ।
मानबहादुर केसीको अध्यक्षता तथा बिनु नेपालीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा किसन खनालले स्वागत गर्नुभएको थियो ।