

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जुलुससहित एक सय छत्तिसौँ मे दिविस मनाएको छ ।
केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
जुलुस प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले विद्यमान व्यवस्थामा आमूल परिवर्तनबिना मजदुरका हकअधिकार सुरक्षित हुन नसक्ने धारणा राख्नुभयो ।
उहाँले मजदुर आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर हेर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष एवम् केन्द्रीय सदस्य तारा सोमरे, महिला जनवादी सङ्गठनकी शकुन्तला जाखल, मूल प्रवाहका परिषद् सदस्य केहरसिंह घर्तीमगर, जनजाति नेता मनबहादुर घर्तीमगर, महिला नगरकी सीता पोख्रेल, फतेहावाद नगरका केबी किसानलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
कमला बगालेले कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा महिला क्षेत्रीय सदस्य चन्द्रा सोमरे, विद्यार्थी नगरकी लक्ष्मी रासकोटी, सांस्कृतिक विभागका लालबहादुर चुदालीलगायतको आतिथ्य रहेको थियो ।
बाबुराम पोख्रेलको अध्यक्षतामा तथा नारायण विकको सञ्चालनमा अघि बढेको कार्यक्रममा उपस्थित सहभागीलाई नन्दबहादुर लम्तरी र सांस्कृतिक कलाकारले स्वागत गर्नभएको थियो ।