
पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पान्डिचरी नगर समितिको आयोजनामा एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) मनाइएको छ ।
केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलको प्रमुख आतिथ्यमा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मजदुर दिवसको पृष्ठभूमि र गौरवमय इतिहासबारे धारणा राख्दै पौडेलले सङ्गठित र सचेत मजदुरको आन्दोलनले मात्र संसार परिवर्तन गर्नु सम्भव रहेको धारणा व्यक्त गर्नुभएको थियो।
त्यस्तै, केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले मजदुर आन्दोलन र पुँजीवादी शोषणबारे थप स्पष्ट पार्नुभएको थियो ।
सभामा क्षेत्रिय समितिकी सदस्य विष्णुकुमारी शर्मा, समता विभागका विनोद गायक, महिला विभागका जमुना शर्मा, नगर सदस्य तथा उत्तर टाउन एरियाका बलबहादुर केसी, मुदलियरपेट एरियाका सूर्य गायकले पनि मन्तव्य राख्नुभएको थियो ।
गोविन्द शर्माको अध्यक्षता र रवि शर्माको सञ्चालन रहेको उक्त कार्यक्रमा खड्कबहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो ।