

कोट्टयाम केरला, ०१ मे । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अबसरमा एरिया स्तरिए भलिबल प्रतियोगिता र बाल बालिका तथा महिलाहरूका विभिन्न प्रतियोगिता कार्यक्रमहरू सहित सम्पन्न गरिएको छ ।
भद्र बहादुर थापाको अध्यक्षता र डिल बहादुर रानाको सञ्चालनबाट अगाडि बडेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य मनोज जिसी, क्षेत्रीय रक्तिम मोर्चाबाट सम्झना श्रीस थापा, महिला बिभागबाट कुमारी थापा, लाल बहादुर नेपालीको अतित्थ्यता रहेको थियो।
ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण पश्चात् गणेश परियारले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि चन्द्र बहादुर थापाले तालिको कतारमा क्यान्डिल प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका बालबालिकाहरूलाई नगर अध्यक्ष भद्रबहादुर थापाले महिला खेलाडिहरूलाई धर्मराज शर्माले र भलिवल खेलाडि साथिहरूलाई प्राुख अतिथि चन्द्र बहादुर थापाले पुरस्कार बितरण गर्नुभयको थियो ।
भलिबल खेल प्रथम मावेलीकारा बी टिम, द्वितीय कायमकुलम ए टिम र तृतीय चेट्टीकुलंगरा ए भएका थिए । अनुशासित र उत्कृष्ठ खेलाडीको पुरस्कार क्रमशः दिपक सुनार र राजेश नेपालीले प्राप्त गरेका थिए ।
अन्य खेलमा बालक १० वर्षसम्म ५०मि दौड प्रथम आद्रभ मुंडा, द्वितीय जीवन थापा र तृतीय विवेन्दन सुनार । कागती चम्मच दौड प्रथम जीवन थापा, दृतिय सुसन पुन र विभेन्दन सुनार । बालिका कागती चम्मच दौड प्रथम सिर्जना एसके, द्वितीय आर्या खत्री र तृतीय श्रीया एसके । पानी भराऊ खेलमा प्रथम अनन्या बिक, द्वितीय सिर्जना एसके र तृतीय श्रीया एसकेले हात पारेका थिए ।
त्यस्तै बाल १६ वर्षसम्म कागती चम्मच दौड प्रथम संतोष कुमार परियार, द्वितीय आविष्कार बिक, तृतीय पुरन थापा । १०० मिटर दौड प्रथम संतोष कुमार परियार, द्वितीय आविष्कार बिक र तृतीय विशाल सुनार रहेको थिए ।
महिला म्युजिकल चेयर कुर्सी खेल प्रथम कल्पना सुनार, द्वितीय सुनिता सुनार र तृतीय शान्ति सुनार । बास्केटबा ॅल रिङ भित्र बल पास खेलमा प्रथम मिना सुनार, द्वितीय कल्पना सुनार र तृतीय नविना सुनार विजयी भएका थिए ।
खेलकूद आफिशियलमा चन्द्र बहादुर थापा, डिल बहादुर राना, रमेश किसान, भद्रबहादुर थापा, मनोज जिसी रहनुभएको थियो ।
पुरस्कार वितरण समारोहमा नगर खेल विभागका संयोजक मनोज जिसीको संचालन रहेको थियो।