
बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिले संयुक्त रूपमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
उत्तर नगर समितिका अध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता तथा दक्षिण नगर समितिका सचिब दान बहादुर पहरीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ बिक, सदस्य धर्म पहरी क्षेत्रीय महिला बिभाग सदस्य दुरा पहरीको आतिथ्यता पछि ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारणा पछि उपस्थित सम्पूर्णलाई शब्दबाट स्वागत उत्तर नगर समितिका कोषाध्यक्ष तिलक के.सी.ले गर्नुभएको थियो ।
प्रमुखअतिथि उपाध्यक्ष दशरथ बि.क.ले अन्तर्राष्ट्रिय श्रमिक दिवस बारेमा प्रष्ट्याउनु भएको थियो । सदस्य धर्म पहरी, दुरा पहरी, भरती परियार, महिला नगर बिभागबाट शान्ति परियार, उत्तर नगर समितिका सचिब जय बहादुर बिक, साँस्कृतिक बिभागबाट किशोर बि.क., महिला बिभागबाट निर्मला दाहाल, सिता कुँवर, मीना खत्रीले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको बीचमा रक्तिम सांस्कृतिक बिभागका कलाकारहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।