मूल प्रवाहद्धारा उचित सुरक्षा बाताबरणमा पठनपाठनको सुनिश्चितताको माग

नयाँ दिल्ली, २ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उडिसास्थित कलिंगा विश्वविद्यालय (किट)मा अध्ययनरत एक जना अर्की नेपाली छात्रा प्रिंसा साहले आत्महत्या गरेको घटनाको निश्पक्ष छानविनको माग गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको तर्फबाट वक्तव्य जारि गर्दै संगठनको सोधारणा सार्वजनिक गरिएको हो ।

“हामी उडिसा तथा केन्द्र सरकार साथै नेपाल सरकार एवं सरोकारवाला निकायहरूसँग माग गर्दछौं कि घट्नाको निश्पक्ष छानविन गरि सत्यतथ्य सार्वजनकि गरिनुका साथै अपराधीहरूलाई कडा कारवाही गर्नुपर्ने माग गर्दछौं ।” त्यसका साथै भारतमा अध्ययनरत नेपाली विद्यार्थीको उचित सुरुक्षाको बाताबरणमा पठनपाठनको सुनिश्चितको लागि पनि संगठनले वक्तव्यमा जोड दिएको छ । “….भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको उचित सुरक्षा बाताबरणमा पठनपाठनको सुनिश्चितताको माग गर्दछौं ।”

वक्तव्यमा लेखिएको छः

“उडिसास्थित कलिंगा विश्वविद्यालय (किट)मा अध्ययनरत एक जना अर्की नेपाली छात्रा प्रिंसा साहले आत्महत्या गरेको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सोही विश्वविद्यालयमा गत फरवरी १६, २०२५ का दिन भएको प्रकृती लम्सालको संकास्पद मृत्युको घट्नाको पिडा मत्थर नहुन नपाउँदै अर्को घट्ना घट्नुलाई हामीले अत्यन्त गम्भीर रूपमा लिन्छौं ।

पटक–पटक एउटै प्रकृतिका घट्नाहरूको पुनारावृत्तीले भारतस्थित आम नेपाली तथा न्यायप्रेमीहरूमा कलिंगा विश्वविद्यालय (किट)प्रति आशंका उठ्नु स्वभावि कै हो । किन त्यसप्रकारका घट्नाहरू भइरहेका छन् ? निश्पक्ष छानविन हुनुपर्ने आवश्यकता छ ।

हामी उडिसा तथा केन्द्र सरकार साथै नेपाल सरकार एवं सरोकारवाला निकायहरूसँग माग गर्दछौं कि घट्नाको निश्पक्ष छानविन गरि सत्यतथ्य सार्वजनकि गरिनुका साथै अपराधीहरूलाई कडा कारवाही गर्नुपर्ने माग गर्दछौं । साथै भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको उचित सुरक्षा बाताबरणमा पठनपाठनको सुनिश्चितताको माग गर्दछौं ।

देशको शिक्षा प्रणाली व्यवहारिक र रोजगार मुलक नहुनुका कारण नै लाखौं नेपाली विद्यार्थीहरू शिक्षार्जनका लागि भारत लगायत विश्वका विभिन्न देशहरूमा जानुपर्ने वाध्यता छ । यो सिंगो नेपाली समाजको समस्या हो । अहिले पनि लाखौं विद्यार्थीहरू कोरिया, युरोप, चीन, बंगलादेश, इजरायल, जापान, क्यानडा, रसिया, अमेरिका, अष्ट्रेलिया लगायतका विभिन्न देशहरूमा अध्ययनरत छन् । विदेशमा नेपाली विद्यार्थीहरूले अनेकौं अभद्र व्यवहार, अपमान, दुःख, कष्ट र घटनाहरूको शिकार हुनु परिरहेको छ । स्वदेशमा नै उच्चस्तरिय, व्यवहारिक, रोजगारमुलक र राष्ट्रप्रति उत्तरदायी शिक्षा नीति लागु गर्न सरकार समक्ष माग गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार