
नागपुर । भारतको नागपुरमा एक सय छत्तिसौँ मे दिवस मनाइएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय सल्लाहकार तथा मध्यदक्षिण क्षेत्रीय समितिका उपाध्यक्ष रूपलाल जिएम हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले साम्राज्यवादी शक्तिको एकापसको होडबाजीका कारण आज विश्वभरिका मजदुरको अवस्था दयनीय बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रममा तेजबहादुर पुन, ललितजङ्ग चन्द, मङ्गल पुन, महिला क्षेत्रीय विभागकी मीना पुन, विद्यार्थी विभागका आइजेक पुन र भूमिका घर्तीले पनि मन्तव्य राख्नुभएको थियो।
नगर अध्यक्ष ईश्वर पुनको अध्यक्षता तथा इन्द्रलाल घर्तीको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य होमबहादुर जिएमले राख्नुभएको थियो ।