पान्डिचेरीबाट मूल प्रवाहका जिसी दम्पत्तिको बिदाइ

पाण्डेचरी । पान्डिचेरीको मुदलियरपेटबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बद्रबहादुर जिसी र उहाँकी पत्नी पद्मा जिसीलाई बिदाइ गरिएको छ ।

पाण्डेचरी नगर समिति र मुदलियरपेट एरिया समितिको संयुक्त आयोजनामा अप्रिल १९, २०२५ का दिन बिदाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा सितम्बरम नगर समितिका सदस्य बालाकृष्ण गायक हुनुहुन्थ्यो ।

बिदाइ हुन लाग्नुभएका जिसी दम्पत्तिसँगै कार्यक्रममा प्रमुख अतिथिसँगै केन्द्रीय सदस्य जनकराज पौडेल र चन्द्रकान्त शर्मा, क्षेत्रीय समितिका सदस्य विष्णु शर्मा, समता विभागका विनोद गायक, महिला विभागकी जमुना शर्माले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै, प्रवासी सङ्घ भारतका केन्द्रीय सदस्य हीरामणि शर्मा, मुदलियरपेट एरिया समितिका सूर्य गायक, दक्षिण टाउन एरिया समितिका हीरादेवी, नगर समितिका सरस्वती गायकका साथै शीतल गायक, रेखा गायक र सम्झना गायकले पनि मन्तव्य राख्नुभएको थियो ।

मन्तव्य राख्ने वक्ताहरूले बिदाइ व्यक्तित्वको राजनीतिक सक्रियताको चर्चा गर्दै नेपालमा गएर पनि सो सक्रियतालाई निरन्तरता दिनुपर्ने अपेक्षा राख्नुभएको थियो ।

गोविन्द शर्माको अध्यक्षता तथा रवि पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपस्थित जनसमुदायलाई बलबहादुर क्षेत्रीले स्वागत गर्नुभएको थियो ।

सन् १९८२ देखि निरन्तर क्रियाशील जिसी जिसी नगर समितिका कार्यवाहक अध्यक्षसमेत रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार