
बिकानेर । मूलप्रवाह सुदुरपश्चीमोत्तर क्षेत्रिय समिति द्धारा संचालित बिकानेर नगर समितिको आयोजना मा १३६ औ मजदुर दिवसको सम्पन्न भएको छ ।
कार्यक्रममा सुदुर पश्चीमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद पोख्रेल, महिला क्षेत्रीय सदस्य कमला पाण्डे, नगर अध्यक्ष विशाल अधिकारी, क्षेत्रीय महिला सदस्य सबिता खनाल, समता विभागका राजु बिक, जनजाती विभागका बल बहादुर राना, सांस्कृतिक विभागकी उषा बिसि, बिद्यार्थी संघकी आरती भुल र विशाल अधिकारी लगाएत हुनुहुन्थ्यो।
वक्ताहरूले सभामा मजदुर आन्दोलनको महत्व एवं मजदुर आन्दोलनलाई वर्गिय आन्दोलनमा रुपान्तरणको आवश्यकता बारे विचार राख्नु भएको थियो ।
कार्यक्रम बिष्णु बहादुर केसीको अध्यक्षतामा तथा राम कुमार रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।