किट युनिभर्सिटीको घटना र मेरो बुझाई

भूवनेश्वर । मई २, २०२५ दिनको ३ बजे देखि रात्रिको १० बजेसम्म चक्कर काटेर घरमा आइयो । नेपाल घर पर्साको वीरगंजदेखी उज्जल भविष्यको ठूलो सपना बोकी उच्च शिक्षा हासिल गर्न ओडिसाको राजधानी सहरमा पर्ने kiit university मा गत सितंबर २०२४ का दिन आएकी कम्प्युटर साइन्स BTech Ist year पढ्ने छात्रा प्रिंसा साहले मई १, २०२५ कोे सांझ ८ बजे आत्महत्या गरेको खबर बाहिर आए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य गिरीराज परियार, सम्बर माझी, सिब कुमार सुतार, कौशल्या परीयार, रमेस परियार र मनोज परियार सहितको प्रतिनिधि मण्डल घट्ना स्थलमा पुगेको थियो । घट्नाको जानकारी सन्तोषजनक नभए पनि केस पोलिस प्रशासनको कष्टडी, बडी चिरफाड र छानविन पछि बताउने भने पछी रात्रिको ३ बजे आ–आफ्‌नो घर तीर लागियो ।

मई २, २०२५ दिनकोे ११ बजे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको प्रतिनिधि मण्डल केन्द्रीय सदस्य हेम कुमार थापा, सम्वर माझी र सिब कुमार सुतार kiit university ko administrative block मा पुगी त्यहाँका कर्मचारीहरूसँग घटनाको बारे जानकारी तथा निष्पक्ष जाँच र छानबिन गरी हामीलाई जानकारी गराउनु होला भनेर भिजिट गरेर आउनु भएको थियो । हामीहरू कौशल्या परीयार र गिरीराज परियार दिनको ३ बजेदेखि रात्रीको १० बजेसम्म Aiims hospital bhubaneswar चक्कर काटेर घरमा आइयो ।

हाम्रो मुख्य उदश्य मृतक प्रिंसा साहकोे पोस्टमार्टम आज हुने वा नहुने बारे जानकारी र बाबु डक्टर श्याम प्रसाद साह र आमासँग भेट भएर छोरीको बारे जानकारी लिनु थियो तर सोंचे जस्तो भएन । यस्तो प्रकारको दृश्य देखा पर्यो जो कि मन्त्रीहरूलाई पनि त्यस्तो प्रकारको बडिगार्ड र सुरक्षा कम हुँदो होला जस्तो लाग्छ । जसरी मृतक प्रिंसा साहकोे बाबु आमालाई जसरी पोलिस प्रशासन मध्यम सेकुरिटी र सुरक्षा टाइडसँग कसैसँग मिल्न नदिई पोस्टमार्टम भित्र लगे १० मिनट भित्रै त्यस्तै सेकुरिटी टाइडसँग बाहिर गाडी भित्र बसालेर kiit university मा लगेर गए ।

तर पनि हिम्मत नहारी म पनि जबर्जस्ती त्यो पोस्टमार्टम रूम भित्र पसेको थिएँ । फेरि पनि केटीको बुवा आमासँग बोल्न दिइएन । कैयुले हामीलाई इनीहरू केटीको आफन्त लाग्दैनन् भनेका थिए । मैले भने हामी यहाँ हिजो रात्रीदेखि अहिलेसम्म दौडधुप गरिरहेका छौं । हामीलाई कोइ आफ्‌नो मान्छे चाहिंदैन, जहाँ नेपालीहरू माथी अन्याय हुन्छ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज त्यहाँ पुग्छ । त्यसैले निष्पक्ष जाँच र छानबिन होस् भन्ने हामीले चाहन्छौं । तपाईहरूको यस्ता व्यवहारले सिधै शंका उत्पन्न हुन्छ भने पछी उनीहरूले कुनै उत्तर दिएनन् ।

यस्तो छ, नेपालीहरूको अबस्था कतिपय नेपालीले त्यही नेपालीको विरोध गर्छन् भने र कतिपय नेपालीहरू नेपालीको पक्ष्यमा न्यायको संघर्ष गर्नुपर्ने आवश्यकता ठान्दै निरन्तर संघर्षरत छन् । भारतमा नेपालीहरूको दयनिय अबस्था छ । यसो हुनुमा हाम्रो देशको राज्य व्यवस्था र त्यसका सञ्चालकहरु नै भ्रष्ट चरित्रका भएको हुनाले नै नेपाली जनताले विदेशमा अपमान र अकालमा ज्यान गुमाउन वाध्य छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार