सातौं कोहिमा नगर सम्मेलन सम्पन्न

कोहिमा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोहिमा नगर समितिको सातौं सम्मेलन सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो ।

पौडेलले भारत प्रवासमा रहने नेपालीहरू मध्य पूर्वोत्तर भारतमा रहने नेपालीहरूको अवस्था झनै गम्भिर रहेको बताउनु भयो ।

‘मैले साँगठनिक जिम्मेवारीका दौरामा भारतका विभिन्न प्रदेशहरूमा पुग्ने र त्यहाँ रहेका नेपालीहरूका समस्यालाई अगाडिबाट नै बुझ्ने कोशिस गरें । त्यस मध्यमा पूर्वोत्तर भारतमा रहने नेपालीहरूको अवस्था अत्यन्तै नाजुक रहेको पाएँ ।’ पौडेलले भन्नु भयो– ‘जहाँ चरम प्रकारका समस्याहरू हुन्छन्, त्यस्ता ठाउँका मजदुर– किसान तथा विपन्न वर्गका मान्छेहरू झनै संगठनमा आवद्ध हुनुपर्ने आवश्यकता हुन्छ । त्यसका लागि सहि राजनीति तथा विचार धारा बोकेको संगठनले मात्रै उनीहरूको समस्यालाई पहिचान गरि अगाडि बढ्न सक्छ ।’

भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्रै त्यस्तो संगठन हो जहाँ हजारौं कार्यकर्ताहरु उत्पदान गर्ने क्षमता छ । कतिपय व्यक्तिहरू विग्रेर जानु उनीहरूको दृष्टिकोणमा भरपर्ने को थप भनाई थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य हिमलाल सापकोटा, गमबहादुर सुनार, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी संयोजक लक्ष्मी खडायत, कलाकार निरु पुन लगायतले आतित्थ्यता तथा सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई इन्द्र परियारले स्वागत गर्नुभएको थियो ।

दोश्रो दिन सम्पन्न घोषणा सभाको अध्यक्षता इन्द्र बहादुर परियारले र सञ्चालन गमबहादुर सुनारले गर्नुभएको थियो ।

सम्मेलनले भिम श्रेष्ठको अध्यक्षतामा १९ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकार गरि २९ सदस्यीय कोहिमा नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष दलबहादुर खत्री, सचिव– प्रेम बहादुर सुनार, सहसचिव– सन्दिप परियार, कोषाध्यक्ष– प्रशुराम पौडेल रहनुभएको छ । त्यस्तै सदस्यमाः इन्द्र बहादुर परियार, चुडामणी परियार, कमल परियार, खिमप्रसाद आचार्य, राम न्यौंपाने, हरि विक, अर्जुन कुमार तमाङ, पदम विक, प्रेम रायमाझी, राजु पौडेल, मन बहादुर गुरुङ, धन बहादुर विक, सूर्य परियार र तेज बहादुर थापा रहनुभएको छ ।

त्यस्तै वैकल्पिक सदस्यमाः चन्द्र श्रेष्ठ, धन बहादुर विक, पूर्णिमा सापकोटा, विजय परियार र एक स्थान रिक्त, सल्लाहकारमा रविन्द्र सुनार, मिन बहादुर गुरुङ, अर्जुन विक, पुरण परियार र एक स्थान रिक्त रहेको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य हिमलाल सापकोटाले गर्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई महासचिव प्रेम पौडेल, उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी संयोजक लक्ष्मी खडायत, कलाकार निरु पुन, हरि विक लगायतले बधाई दिनुभएको थियो ।

पश्चिमोत्तर क्षेत्र अन्तर्गतक कलाकारहरूले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार