अमेरिकाको मध्यस्थतामा भारत-पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।

भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।

अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ।   अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ। –एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार