
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सम्पूर्ण देशभक्त शक्तिहरूसँग राष्ट्रियताको रक्षाको लागि एकजुट भई सङ्घर्षको लागि आव्हान गरेको छ ।
अगस्त २२, २०२५ का दिन समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले एक वक्तव्य जारी गर्दै सो आव्हान गर्नुभएको हो ।
अध्यक्ष पौडेलद्वारा जारी वक्तव्यमा कालापानीमा भएको भारतीय सेनाको उपस्थितिलाई फिर्ता गराउन नेपाल सरकारले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । साथै चीन–भारत बिच भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गर्न तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्न चीनलाई आग्रह गरिएको छ ।

















