सुरेशकुमार पाण्डे
मन्दिर भित्र देवता पुज्न पसेकालाई,
के था बाहिर भिख माग्न बसेकालाई ।
उ धनी बन्न देवतालाई रिस्वत दिन्छ,
बुद्धिनै आएन आसमा फसेकालाई ।
पुँजिवादी समाजमै शिक्षा पेसा बन्यो,
पसिना आउँदैन खरानि घसेकालाई ।
कसरी निकाल्ने बुजुर्वा दलदलबाट,
जान बुझेर नै आफुलाई धेसेकालाई।
सोध दुःख के हो खररर भन्न सक्छ उ,
दशनंग्रा खियाउँन कमर कसेकालाई ।
२२ मार्च २०२०