सुरेशकुमार पाण्डे
गएको बर्षले संसारमा ताला बन्द गराएर गयो,
धेरै आँखामा आजिवनलाई आँशु भराएर गयो ।
कोविड छेहत्तरले नयाँ चुनौतिमा डोराएर जाँदा,
सवा लाख लगभग मानिसहरु नि मराएर गयो ।
जीव जन्तु सबैले प्रकृतिक प्रकोपसँग लड्दै नि,
जे जस्तो भबिष्य भए पनि आफ्नो तराएर गयो ।
आउँने चुनौतिहरुलाई पनि स्वीकारछौँ हामीहरु,
बितेको बर्ष छहत्तरमा सारै यो मुटु चराएर गयो ।
फैलियो दुनियाँ भरीको देशहरुमा नयाँ रोग बनि,
निर्दोसको प्राण लिएर पछि संसार नै डराएर गयो ।
नयाँ शंदेश दिएकोछ यो चराचर जगतमा कोविड,
दुष्टले मान्छे मिलेर नबस्दा सबैलाई हराएर गयो ।
आउँने बर्षलाई स्वागत अनि शुभ कामना पनि छ,
बितेको त्यो बर्ष त दुनियाले नै मन नपराएर गयो ।