- सुरेशकुमार पाण्डे
भन्छन् सबै बर्गिय मायाँमा रमाउँन सिक,
श्रमजिवीको बलियो एकता जमाउँन सिक ।
आजकै दिन जन्मे १८७० मा रुसी धर्तिमा,
भन्छन् माक्र्सवादको दर्शन समाउन सिक ।
हुँदैन मुक्ति बर्गिय संघर्ष बिना श्रमजिविको,
जनमुक्तिको बाटोलाई समेत ठमाउँन सिक ।
नफुट टुट, कुष्ठा ग्रष्त भएर क्रान्तिकारीहरु,
ओसियको मन मुटुलाई पनि घमाउँन सिक ।
महान अक्टुबर क्रान्ति त्यत्तिकै भएन सफल,
बर्ग संघर्षको दरिलो हतियार कमाउन सिक ।
दुनियाँ भरिका मजदुरको पक्षमा जुट अब त,
एकले आर्काको मन मुटुमा अमाउन सिक ।
आज महान क्रान्तिकारीको १५१ जन्म दिन,
उनैका जीवनीहरु हृदय भित्र थमाउन सिक ।
२२ अप्रेल २०२०