खिमराज चालिसे (चंडीगढ)
मृत्युको टाउकैमा वसी संघर्ष गर्नु पो जिन्दगी ।
कायरतालाई परास्त गर्ने साहास हो जिन्दगी ।।
सजीलो र सहजतामा जीउनु पनि के जिन्दगी ।
विषमता र खतरामा सुरक्षित हुनु पो जिन्दगी ।
अनकण्टार संघर्ष कै नाम हो जिन्दगी ।
निडर निर्भीक चुनौती स्वीकार गर्नु हो जिन्दगी ।।
दुःखमा पनि सुखको प्रतिविम्व देख्नु हो जिन्दगी ।
आसुभित्र पनि मुस्कान निकाल्न सक्नुहो जिन्दगी ।।
महामारी विरुद्ध डर्नेलाई कायर भन्छ जिन्दगी ।
विषमतामा मैदान छोडनेहरुको के जिन्दगी ।।
ढुंगाभन्दा कठोर समयमा रमाउनु पो हो जिन्दगी ।
फलामभन्दा वलियो साेंच लिनु पो हो जिन्दगी ।।
मार्क्सवादको अजेय शिक्षाले प्रशिक्षित जिन्दगी ।
लेनिनवादको सैद्धांतिकता सिक्दै छ जिन्दगी ।।
माओ विचारधाराको पथमा हिड्दै छ जिन्दगी ।
गतिशिलतामा सहजतापो देख्दैछ यो जिन्दगी ।।
नडर नत्रास सानदार रूपमा चल्दैछ जिन्दगी ।
वाधासँग संघर्ष गर्न पो आतुरहुन्छ जिन्दगी ।
सदाबहार वन्न सिकाउँछ सधै मलाई जिन्दगी ।
मृत्यु माथी विजय पाउन प्रेरणा दिन्छ जिन्दगी ।।
हुंकार भर्दै अगाडि वढन सिकाउछ जिन्दगी ।
आफु बाच अनिअरुलाइ वचाउ भन्छ जिन्दगी ।।
स्वार्थ सवैत्यागेर सामाजिक वन्न भन्छ जिन्दगी ।
मृत्युसँग पैठेरी खेली वाच्न सिकाउँछ जिन्दगी ।।