नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आजै एकै दिन नेपालगञ्जमा १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सह प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यससँगै संक्रमितको संख्या ७५ पुगेको छ । यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार नेपालगञ्जको प्रयोगशालामा ५ पुरुष र ४ महिला कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् । देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्।

मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् ।

हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । मस्जिदमा मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) रहेका उनी मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे ।

साथै भारत आउजाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।

चैत १० गते विहान १० बजेबाट नेपालको सबै अन्तराष्ट्रिय सीमा नाकामा आवागमन बन्द भयो । तर भारतबाट मानिसहरु आउने क्रम रोकिएन । बाँकेको जमुनाह नाकामा पनि ५/६ सय जम्मा भएका थिए । उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज नगरपालिकाले उद्दार गरेर महेन्द्र बहुमुखी क्याम्पसमा राखेको थियो । तर त्यहाँ बस्ने खाने राम्रो  व्यवस्था नभएको भन्दै आधाभन्दा धेरै भागे ।

त्यही समूहमा उनी भएको पाइएको छ । यद्यपि उनलाई कहााबाट कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लागेको छैन ।

तर संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमणदेखिएको थियो ।

आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार  कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडाध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदयनारायण सिंहले जानकारी दिए । संक्रमितका बुबाले उनी लकडाउनको समयदेखि नै घरमै रहँदै आएको बताएका छन्। रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको उनको भनाइ छ ।

‘रुघाखोकी लागेको बेलामा गएर जाँच गराइदियो, त्यसैले संक्रमण देखाएको हुन सक्छ’ उनले भने ‘बाहिर कुनै सामान किन्न पसल जानेबाहेक बाहिर अन्यत्र कतै गएको छैन । लकडाउनले गर्दा जुमा नमाज समेत घरमै पढिन्छ ।’

उनको परिवारमा १७ जना सदस्य छन् । स्थानीय प्रशासनले परिवारका सदस्यलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । तीन जना जमातीमा संक्रमण भेटिएपछि सिल गरिएको छपकैया क्षेत्र शनिबार मात्रै खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार